लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १३ को वडाअध्यक्षमा लोसपाका खान बिजयी

अमित चौहान , ५३१  पटक हेरिएको

लुम्बिनी ,जेष्ठ ४

रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १३ मा लोकतान्त्रिक समाजवादी पार्टीको वडा अध्यक्ष पद्को उमेदवार सइ मुहम्मद मुसलमान खान चार सय ६८ मत प्राप्त गरि विजयी भएका छ्न । सइ मुहम्मद मुसलमान खानको विजयले लो. सा. पा. ले लुम्बिनी संस्कृति नगर पालिकामा आफ्नो खाता खोलेको छ।

वडा नम्बर १३ मा गणना भएका कुल मत दुई हजार ६२ मध्ये चार सय ९ मत प्राप्त गरेका खानले आफ्नो निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादी पार्टीका उमेदवार मन्जुर अलिलाई पछाडि पार्दै चार सय ६८ मत प्राप्त गरि प्यानल सहित विजयी भएका छन ।

यसै गरि महिला वडा सदस्यमा माया विश्वकर्माले चार सय ९ मत प्राप्त गरेकी छ्न भने दलित महिला वडा सदस्यमा मायादेवि चमाइनले तीन सय ९९ मत ल्याइ विजयी भएकी छ्न ।

यस्तै काशीराम यादवले तीन सय ६३ मत प्राप्त गरि विजयी भएका छ्न भने मनिरख लोधले तीन सय ४६ मत प्राप्त गरि विजयी भएका हुन ।

प्रकाशित मिति: २०२२-०५-१८ , समय : १५:१७:५६ , २ वर्ष अगाडि