यस पटक हरैया बहुमुखी क्याम्पसमा स्ववियु कसको पक्षमा जाला?

जगिलाल थापा , ४९९  पटक हेरिएको

कञ्चन, चैत ३

यही चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा हरैया बहुमुखी क्याम्पसको स्ववियु कसको पक्षमा जाला भनेर एक आपसमा अडकलवाजी भइरहेको छ। यस पटकको स्ववियु आफ्नो पक्षमा पार्नका लागि नेकपा एमाले सम्बद्ध अनेरास्ववियुले जनमत विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघसंगको सहकार्यमा गठबन्धन गरेको छ भने नेविसंघ एक्लै प्रतिस्पर्धामा उत्रिएको छ। स्ववियु निर्वाचनको समय ३ दिन बांकी रहदा प्रतिस्पर्धामा रहेका नेविसंघ र अनेरास्ववियुले आ आफ्नो पक्षमा स्ववियु हत्याउन लागी परेका छन।

मिनि संसदको रुपमा समेत हेरिने स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्वमा जनमत बिधार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको गठबन्धन बनाएर चुनावी मैदानमा उत्तिएको छ भने यता नेविसंघ भने एकल रुपमा गठबन्धन प्यानललाई चुनौती दिदै चुनावी मैदानमा उत्रिएको छ। हरैया बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि ६ विद्यार्थी संघगठन दर्ता भएपनि चुनावी मैदानमा ५ बिधार्थी संगठनहरुले प्रतिस्पर्धा गर्ने भएका छन। संगठन दर्ता गरेको भएपनि नेकपा (एस) समर्थित बिधार्थी संगठन अनेरास्ववियुले निर्वाचनमा कुनैपनि उमेद्वार मनोनयन गरेको छैन। सो बिधार्थी सम्वद्ध विद्यार्थीहरुले मत कसलाई दिन्छन भन्ने कुनै आंकलन गरिएको छैन। संघमा भएको सत्ता समिकिरणको आधारमा अनेरास्ववियु (एस) र अखिल क्रान्तीकारी सम्बद्ध बिधार्थीहरुले नेविसंघलाई सहयोग गर्न सक्ने पनि उत्तिकै सम्भावना देखिएको छ।
जितको प्रतिस्पर्धामा रहेका नेविसंघ र अखिलका उमेद्वारहरुले आफ्नो पक्षमा मत तान्न जोडबल गरेका छन। स्ववियु निर्वाचन बिधार्थी संगठनहरु बिचको प्रतिस्पर्धा भएपनि आफ्नो दलको प्रतिस्ठा बचाउन नेकपा एमाले, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाली कांग्रेसका स्थानीय नेतृत्वहरु नै प्रत्यक्ष रुपमा रस्साकस्सी चलिरहेको छ। अखिलसंग जनमत बिधार्थी संघ र लोकतान्त्रिक बिधार्थी संघको सहकार्य भएकोले तुलनात्मक रुपमा प्रदिप सापकोटा नेतृत्वको अखिलको प्यानलको सहज जित देखिन्छ। यता सुनिल राना नेतृत्वको नेविसंघको प्यानलमा बिधार्थीहरुको जनमत देखिएका कारण पनि अखिलका लागि नेविसंघ बलियो प्रतिस्पर्धी रहने देखिन्छ। नेविसंघले पनि नेकपा माओवादी केन्द्र, अनेरास्वविय (एस)का बिधार्थीहरुको मत पाए हरैया बहुमुखी क्याम्पसमा आफ्नो जितलाई दोश्रो पटक निरन्तरता दिने सम्भावना देखिएको छ।
यस्तै दुई प्रतिस्पर्धी संगठनहरुबाट सन्तुष्ट हुन नसकेका विद्यार्थीहरुका लागि बैकल्पिक शक्तीको रुपमा रहेको प्रगतीशिल बिधार्थी संगठनलाई मत दिए भने सो विद्यार्थी संगठनको पनि जित सुनिश्चित हुन सक्छ। यधपी चुनाव जित्नका लागि साम दाम दण्डभेदको उपयोग गर्दै आएको शासक दलहरुका विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनमा जित हासिल गर्न आफ्नो मातृ पार्टीको सहरा र सल्लाहलाई शिरोधार्य नगर्लान भन्न सकिदैन। जितको नजिक रहेका विद्यार्थी संगठनहरुका बिचमा माया थापाको नेतृत्वमा रहेको प्रगतीशिल विद्यार्थी संगठनले पनि आफ्नो पक्षमा मत तान्न निकै कसरत गरेको छ।
यस पटकको निर्वाचनमा नेविसंघ र अखिलले आ आफुले जित्ने दावी गर्दै आइरहेका छन। १५ सदस्यिय स्ववियुका लागि हरैया बहुमुखी क्याम्पसमा प्रत्यक्ष तर्फ १७ जना र समानुपातिक तर्फ १३ जनाले प्रतिस्पर्धा गर्दै छन। यस भन्दा अघि भएको दुई निर्वाचन मध्ये पहिलो निर्वाचनमा अखिलको संयुक्त प्यानलले विजयी हासिल गरेको थियो भने दोश्रो निर्वाचनमा नेविसंघले विजयी प्राप्त गरेको थियो। हरैया बहुमुखी क्याम्पसमा यस अघि भएको स्ववियु निर्वाचनमा भाग लिएका राष्ट्रिय जनमुक्ती पार्टी सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय बिधार्थी मोर्चा र नेपाल मजदुर किसान पार्टी सम्बद्ध विद्यार्थी संगठन नेपाल क्रान्तीकारी बिधार्थी संघले यस पटक संगठन नै दर्ता गरेका छैनन।
निर्वाचन चैत्र ५ गते आइतवार बिहान ७ बजे देखि दिउस २ बजेसम्म हुने हरैया बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत रामजी प्रसाद आचार्यले जानकारी दिनु भएको छ। सो क्याम्पसमा ५१७ मतदाता रहेका छन।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : २०:०२:५८ , २ वर्ष अगाडि