रुपन्देहीको ओमसतियामा आजदेखि अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०७९ सुरु

उद्घाटन खेलमा ओमसतिया-४ विजयी

उर्मिला यादव यात्री , १३७२  पटक हेरिएको

भैरहवा, चैत १

रुपन्देहीको ओमसतिया गाउँपालिकामा आजदेखि अध्यक्ष कप–२०७९ (क्रिकेट प्रतियोगिता) सुरु भएको छ । द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा ओमसतिया २ कर्मडाडा मैदानमा आजदेखि अध्यक्ष कप क्रिकेट प्रतियोगिता–२०७९ सुरु भएको हो । ८ वटा टीमको सहभागीता रहेको प्रतियोगिता चैत ९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

अध्यक्ष कप–२०७९ क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले क्रिकेट खेलप्रति रुची बढाउने उद्देश्यले गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताउनु भएको छ । उहाले आगामी दिनमा अरु खेलहरु पनि आयोजना गरिने बताउनु भयो । अध्यक्ष यादवले खेलकुदको विकासका लागि गाउँपालिकाले सहयोग गर्ने र अन्य खेललाई पनि स्थान दिने बताउनु भयो ।

अध्यक्ष यादवले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन पनि ओमसतिया निवासी भएको र पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो खेल प्रदर्शन गरेको बताउनु भयो । उहाले आफनो गाउपालिकामा राष्ट्रिय स्तरका खेलाडीहरु रहेको र उनिहरुलाई नया पुस्ताले पनि पछ्याउने गरेको कारण युवा खेलाडीहरुलाई यस खेलमा उत्प्रेरित गर्न क्रिकेटको आयोजना गरिएको जोड दिनु भयो ।

यस्तै गरी अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बोल्दै गाउपालिका उपाध्यक्ष सुनिता चौधरीले खेलले एक आपसमा मित्रता कायम गर्ने भएकोले खेल खेल्न जरुरी रहेको बताउनु भएको छ । उहाले ओमसतिया गाउँपालिका क्रिकेट खेलाडीको लागि उर्बर भूमि भएको र यहाबाट नया नया खेलाडी उत्पादन गर्ने लक्ष्य सहित अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु गरिएको जानकारी दिनु भयो ।

द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताको अध्यक्षता एवम गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा उदघाटन गरीएको प्रतियोगितामा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा नम्बर ५ का वडा अध्यक्ष एवम पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल, वडा नम्बर २ का वडा अध्यक्ष शितल जिटी, ३ का प्रकाश सिंह चौधरी, ४ का अखिलेश्वर कुमार पाण्डे, ६ का वडा अध्यक्ष शिव कुमार धवल लगायतले बोल्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन गाउँपालिकाका रोजगार सहायक मनोज कुमार यादवले गर्नु भएको थियो ।

आज बुधबार भएको उद्घाटन खेलमा ओमसतिया–४ ले ओमसतिया–३ लाई ४ विकेटले पराजित गर्दै जित सुनिश्चित गरेको छ । सुरुमा ब्याटिङ्ग गरेकोे वडा नम्बर ३ ले निर्धारित १५ ओभर पुरा खेल्दै ९ विकेटको क्षतिमा १ सय २४ बनाएको थियो । उसको लागि मनिराम चौधरीले सर्वाधिक ३५ रन बनाउदा असमान चौधरीले १७ रन र धर्मेन्द्र चौधरीले १६ रन बनाए ।

बलिङ्ग तर्फ ओमसतिया ४ का पिन्टु सहानीले ३ विकेट लिए । यस्तै धनन्जय धवल र अमर लिम्बुले समान २÷२ विकेट लिए ।
१ सय २५ रनको लक्ष्य सहित मैदान छिरेको वडा नम्बर ४ लाई धवल दाजुभाईले सहज जित तर्फ डो¥याएका थिए । वडा नम्बर ४ का धनन्जय धवलले अर्धशतकिय पारी खेल्दै आफ्नो टिमलाई जित दिलाए । उनले २२ बलमा ५९ रन बनाउन ७ वटा छक्का र २ वटा चौका प्रहार गरेका थिए । यस्तै सन्जय धवलले २७ रन र पिन्टु सहानीको ८ रनको सहयोगमा खेलको १३ औ ओभरमै वडा नम्बर ४ ले निर्धारित लक्ष्य भेटेको थियो । बलिङ्ग तर्फ वडा नम्बर ३ का दिपेन्द्र यादव, सुरेन्द्र, चन्दन र शुसिलले समान १/१ विकेट लिएका थिए ।

यस्तै गरी भोली बिहीबारको पहिलो खेल गाउँपालिकाको टिम ए र वडा नम्बर ५ तथा दोश्रो खेल गाउँपालिका टिम बि र वडा नम्बर ६ बिच हुने आयोजकले जनाएको छ । ।

गाउँपालिकाका ६ वटै वडाका टिम र गाउँपालिकाको दुई टिम गरि प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वितिय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले जानकारी दिनु भयो । अध्यक्ष गुप्ताले प्रतियोगितामा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२३-०३-१५ , समय : १८:१३:१७ , २ वर्ष अगाडि