उर्मिला यादव यात्री , ३५९ पटक हेरिएको
भैरहवा, फागुन २२
कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री गुप्ताले शिक्षा क्षेत्रलाई आफुले बिशेष प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाले हरेक बिद्यालयका शिक्षकलाई तालिम प्रदान गर्ने बातावरण मिलाउन सके मात्र बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनु भयो । मन्त्री गुप्ताले बिद्यार्थीहरुलाई पनि सचेतनामुलक कार्यक्रममा सहभागी गराउने बातावरण बनाउन आग्रह गर्नु भएको छ । उहाले भवन मात्र निमार्ण गरी बिद्यार्थीको गुणस्तर सुधार गर्न नसकिने बताउनु भयो । मन्त्री गुप्ताले लुम्बिनी क्षेत्रमा टेक्निकल कलेज खोल्नका लागी आफुले कदम चाल्ने बताउनु भएको छ । उहाले लुम्बिनीको हरेक क्षेत्रको बिकासमा आफुले पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले यस क्षेत्रबाट चुनावमा बिजयी प्राप्त गरेका नेताहरु आफनो समुदायमा भएका गरीब परिवारको जिवनस्तर उकास्ने किसिमका कामहरु गर्नुपर्ने जोड दिनु भयो । उहाले स्र्माट सिटी निमार्णका लागी बिपन्न परिवारबाट नै सुरुवात गरे मात्र सोचे अनुरुप काम गर्न सकिने बताउनु भयो । भौतिक संरचनाको बिकासले मात्र यहाको स्थानियको गुणस्तर सुधार गर्न नसकिने हुदा बिपन्न परिवारको जिवनस्तरमा सुधार ल्याउने किसिमका कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ ।
गोपाल सेवा समिती रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवले आफुहरुमा भएको कमीकमजोरीहरुलाई सुधार गर्दै लैजानुपर्ने बताउनु भएको छ । उहाले नया कामको सुरुवात गर्नुपर्ने बताउदै आगामी दिनमा रुपन्देहीमा यादव समुदायको पहिचान झल्किने गरी कार्यक्रमहरु ल्याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उहाले गोपाल
सेवा समितिको संगठन वडा र पालिका स्तरीय गठन गरी बिस्तार गर्नुपर्ने बताउदै हरेक ठाउमा यादवहरु एकजुट भएर अघि बढनुपर्ने जोड दिनु भयो भयो ।
यस्तै गरी गोपालसेवा समिती रुपन्देहीको बरिष्ठ उपाध्यक्ष तथा केन्द्रिय सदस्य मातृका यादवले यादव समुदाय संगठित भएर अगाडी बढनुपर्ने बताउनु भएको छ । उहाले यादवहरुलाई अगाडी बढन र एकता कायम गर्न नदिने समुह नै सक्रिय भएकोले हामी यस बिषयमा आफै सचेत हुनुपर्ने बेला आएको बताउनु भयो । उहाले गोपाल सेवा समितीको छिटटै नै सम्पर्क कार्यालय स्थापना गर्ने समेत बताउनु भयो । राजनितिक कारणले गर्दा पनि गोपाल सेवा समितीलाई अगाडी बढाउन नसकेको र अवको दिनदेखि एकताका साथ अगाडी बढन सबैमा आग्रह गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा गोपाल सेवा समितीका सल्लाहकार अम्बिका यादवले यस समुदायको संगठन नै बनाएर एकजुट भएर काम गर्नुपर्ने बताउनु भएको छ । उहाले पछिल्लो समय आफनो संस्कृति प्रति कसैको चासो नभएकोले आफनो संस्कृति र संस्कार जोगाउनु पर्ने हामी सबैको प्रमुख कर्तब्य भएको जिकिर गर्नु भयो । उहाले अब गरीब परिवारका ब्यक्तिको बिवाह निशुल्क गराउने प्रतिबद्धता समेत गर्नु भएको छ भने गोपाल सेवा समितीको एम्बुलेन्स खरिद गर्नका लागी ५१ सय रुपैया सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।
कार्यक्रममा कर्महवा मा.बि कर्महवा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिन्दराम यादवले गोपाल सेवा समितिलाइ सक्रिय भएर काम गर्न आग्रह गर्नु भएको छ । उहाले गोपाल सेवा समितिको कोषमा वृद्धि गर्नुपर्ने बताउदै पालिका र नगरस्तरीय समिति गठन गरि काम गर्नुपर्नेमा जोड दिनु भयो ।
यस्तै गरी कार्यक्रममा गोपाल सेवा समिती रुपन्देहीको पुर्व जिल्ला उपसचिव श्रीराम यादवले आफुहरुमा भएको कमिकमजोरीलाइ सुधार गर्नु पर्ने बताउदै राम्रो कुरालाई स्वीकार गरि काम गर्नु पर्ने बताउनु भयो । उहाले समयमै अवसरको सदुपयोग गरी शिक्षा क्षेत्रमा युवाहरूलाई प्रेरणा प्रदान गर्नु पर्ने र साझा प्लेटफर्मको रुपमा बिकास गर्नु पर्ने बताउनु भयो । उहाले कृषि , शिक्षा क्षेत्रमा विशेष जोड दिन आग्रह गर्नु भएको छ ।
यस्तै गरि लुम्बिनी सास्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुदिन मुसलमानले गोपाल सेवा समितीको लागी नगद रु १ लाख बजेट छुटयाएको बताउनु भएको छ । उहाले आगामी दिनमा पनि नगरपालिकाबाट गर्न सक्ने सहयोगका लागि आफु सधै तयार रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
कार्यक्रममा बिरहा गायक उमेश यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा रामदेव यादव, बिजय यादव , गोपाल सेवा समिती क्षेत्र नम्बर ५ रुपन्देहीका अध्यक्ष रामबेलास यादव,समाजसेवि मोहम्मद सइत लगायतले होली पर्वको शुभकामना दिदै आफुमा भएको कमीकमजोरीलाई सुधार गर्दै एकताका साथ अगाडी बढनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जेष्ठ नागरीकहरुलाई दोसल्ला ओढाइ सम्मान गरीएको थियो भने कार्यक्रम संचालन गोपाल सेवा समिती क्षेत्र नम्बर ५ रुपन्देहीका सचिव रामबहादुर यादवले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०३-०६ , समय : २१:४३:३२ , २ वर्ष अगाडि