याेगदान राष्ट्रकाे लागि बुद्धभुमि नगरस्तरीय समिति गठन : अध्यक्षमा सुशील सुनार

धनी राम काेरी , ५०७  पटक हेरिएको

ताैलिहवा , फागुन २०

योगदान राष्ट्रको लागि शाखा कपिलवस्तु अन्तर्गत बुद्धभुमि नगरपालिका स्तरीय कार्यसमिति अध्यक्षमा सुशील सुनार लगायत ११ सदस्य समिति गठन भएको छ । त्यस्तै उपाध्यक्षमा रानु थारू , सचिवमा निरुता थारु , सहसचिवमा काजल परियार, काेषाध्यक्षमा मेनुका गैरे, सदस्यहरुमा अनु सुनार, गौरी थारु र सिर्जना सुनार चयन भएका छन् ।

बुद्धभुमी नगरपालिका कार्यसमिती गठन तथा सदस्यता वितरण कार्यक्रम योगदान राष्ट्रको लागि शाखा कपिलवस्तुको जिल्ला अध्यक्ष राम शब्द यादवको अध्यक्षतामा सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा किडार्क नेपालको सामाजिक विकास अधिकृत अमर बहादुर बि.क, योगदान राष्ट्रको लागि शाखा कपिलवस्तुको जिल्ला उपाध्यक्ष मधु सुनार, सचिव शिवा गुप्ता, कोषाध्यक्ष नारायणी पौडेल ,कार्यक्रम संयोजक देवी राम कोहार र सल्लाहकार इन्दु थारु लगायत अन्य व्यक्तिहरुकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०३-०४ , समय : २२:४३:५५ , २ वर्ष अगाडि