सिद्धार्थ उद्योग बाणिज्य संघको अधिवेशनमा ८३ दशमलव ३५ प्रतिशत मत खस्यो

रुपन्देही खबर , १६२०  पटक हेरिएको

भैरहवा, फागुन २०

सिद्धार्थ उद्योग बाणिज्य संघको अधिवेशनमा ८३ दशमलव ३५ प्रतिशत मत खसेको छ। शनिबार भएको मतदानमा २ हजार १ सय ९३ जना मतदाता मध्ये १ हजार ८ सय २२ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिनु भयो ।

यस्तै बस्तुगत तर्फ ९ जना मतदाता रहेकोमा ९ जनाले नै मतदान गरेका छन । शनिबार सम्पन्न मतदानको मतगणना राती ९ बजे देखि गर्ने सहमती भएको गौडेलले बताउनु भयो । सिद्धार्थ उद्योग बाणिज्य संघमा बर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ र महासचिव बिजय पाण्डे प्यानल सहित उम्मेदवारी दिएका छ्न ।

प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलका अनुसार संघको बरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य र अरुण कुमार गोयनकाको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्ष (वाणिज्य) मा गोविन्द ज्ञवाली र रवि कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन । उद्योग उपाध्यक्षमा हरिबहादुर थापा र दिलिप कुमार कान्दु, महासचिवमा कृष्ण प्रसाद घिमिरे र गोपाल भण्डारी भिडदै छन भने कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमल प्रसाद मरासिनी र गौरब श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा धर्मवीर शर्मा र मंगल भण्डारीले उम्मेदवारी दिएका छन ।

कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरीवाल, कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका तथा वाणिज्य तर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गौडेलले बताउनु भयो ।

बस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र प्रितम रौनीयारको उम्मेदवारी परेको छ । खुल्ला तर्फ उद्योग सदस्यको ५ पदको लागि ९ जनाको र बाणिज्य सदस्य १० जनाको लागि १४ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: २०२३-०३-०४ , समय : १९:३९:३९ , २ वर्ष अगाडि