यदुवंशी युवा समाज रुपन्देहीद्धारा होली मिलन कार्यक्रम सम्पन्न

समाजमा भएको बिकृती तर्फ कसैको ध्यान नगएको गुनासो

उर्मिला यादव यात्री , ५०५  पटक हेरिएको

भैरहवा, फागुन २०

समाजमा भएको बिकृती तर्फ कसैको ध्यान नगएको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन । यदुवंशी युवा समाज रुपन्देहीले सिनपा १ रानीगाउमा आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा अझै पनि धेरै बिकृतीहरु भएकोले यसमा कसैको ध्यान नपुगेको गुनासो गरेका हुन । शिक्षाको पहुच हरेक क्षेत्रमा पुगे पनि मानवीय सोचमा परिर्वतन आउन नसकेकोले सामाजिक बिकृतिहरु बढदै गएको र अब आफनो घरदेखि नै परिर्वतन ल्याउन जरुरी रहेको औंल्याएका छन ।

कार्यक्रममा बोल्दै गोपाल सेवा समिती रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवले आफुहरुमा भएको कमीकमजोरीहरुलाई सुधार गर्दै लैजानुपर्ने बताउनु भएको छ । उहाले नया कामको सुरुवात गर्नुपर्ने बताउदै आगामी दिनमा रुपन्देहीमा यादव समुदायको पहिचान झल्किने गरी कार्यक्रमहरु ल्याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उहाले यदुवंशी युवा समाजको संगठन वडा र पालिका स्तरीय गठन गरी बिस्तार गर्नुपर्ने बताउदै हरेक ठाउमा यादवहरु एकजुट भएर अघि बढनुपर्ने जोड दिनु भयो भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डा। रणधिर यादवले यदुवंशी युवा समाज रुपन्देहीमा राजनितिक क्षेत्रका ब्यक्तिहरुलाई समाबेश नगर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उहाले युवा समाजले समाजमा परिवर्तन गर्ने उदेश्यले स्थापना भएकोले राजनितिक दलका ब्यक्तिहरुलाई हस्तक्षेप नगर्न आग्रह गर्नु भएको छ । उहाले समाजलाई सहि दिशा निर्देश दिने युवा समाजको उदेश्य रहेकोले आफनो घरदेखि नै परिर्वतन ल्याउन जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष यादवले आर्थिक सुदृकीकरण कसरी गर्न सकिन्छ यसबारेमा सबैले सोच्नुपर्ने बताउनु भयो । उहाले कुनै पनि पार्टीलाई जिताउने आफुहरुले ठेक्का नलिएको र आफुहरु कुनै पार्टीको दलाल नभएको बताउनु भयो । उहाले कर्म राम्रो गर्नुपर्ने र सही योजनाका साथ सहयोग माग्नेलाई मात्र आफुहरुले सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले समाजमा धेरै बिकृती भएको बताउदै यसको सुधार तर्फ कसैको ध्यान नगएको गुनासो गर्नु भयो ।
यस्तै गरी गोपालसेवा समिती रुपन्देहीको बरिष्ठ उपाध्यक्ष तथा केन्द्रिय सदस्य मातृका यादवले यादव समुदाय संगठित भएर अगाडी बढनुपर्ने बताउनु भएको छ । उहाले यादवहरुलाई अगाडी बढन र एकता कायम गर्न नदिने समुह नै सक्रिय भएकोले हामी यस बिषयमा आफै सचेत हुनुपर्ने बेला आएको बताउनु भयो ।

यस्तै गरी रुपन्देही खबरको कार्यकारी सम्पादक उर्मिला यादव यात्रीले होली पर्वको शुभकामना दिदै समाजमा भएका बिकृतीलाई हटाउदै सकरात्मक पक्षलाई आत्मसाथ गरी आ आफनो पर्व मनाउनु पर्ने बताउनु भयो । उहाले युवा समाजको संगठन बिस्तार गर्दै महिलाहरुलाई पनि अगाडी ल्याउनुपर्ने बताउनु भयो । उहाले महिलाहरुलाई घरमा मात्र सिमित नगरी पुरुष संगै महिलाहरुलाई पनि अगाडी ल्याउन सके समाजमा परिर्वतन ल्याउन सकिने जोड दिनु भयो ।

कार्यक्रममा राजाराम यादवले बोल्दै यादव समुदायको लगानीमा सहकारी संचालन गर्न आग्रह गर्नु भएको छ । उहाले यस युवा समाजमा बिभिन्न पेशामा आबद्ध ब्यक्तित्वहरु भएकोले समाज बिकासमा हामीले नमुना काम गर्नुपर्ने बताउनु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै घनश्याम यादवले युवाहरुलाई अगाडी बढाउन हामीले प्रेरणा दिनुपर्ने बताउनु भयो । उहाले हामीले समाजमा भएको दाइजो प्रथा जस्तो बिकृतिहरुलाई निरुत्साहित गर्न आफै देखि सुधार गर्नुपर्ने बताउनु भयो । उहाले समाजको सेवा गर्न पद नै नचाहिने बताउदै अगाडी बढन संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
यदुवंशी युवा समाजका बरिष्ठ उपाध्यक्ष राकेश यादवको स्वागत मन्तब्य रहेको होली मिलन कार्यक्रममा सन्तकुमार यादव, अम्बिका यादव , युवा नेता भोपेन्द्र यादव, श्रीराम यादव , रामदेव यादव लगायतले होली पर्वको शुभकामना दिदै आफुमा भएको कमीकमजोरीलाई सुधार गर्दै एकताका साथ अगाडी बढनुपर्नेमा जोड दिएका थिए ।

यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डा। रणधिर यादवको अध्यक्षता तथा गोपाल सेवा समिती रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन यदुवंशी युवा समाज रुपन्देहीका सचिव राकेश यादवले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०३-०४ , समय : १९:२०:४० , २ वर्ष अगाडि