रुपन्देहीमा १४ लाख ५७ हजार भन्दा बढीको अवैध कपडा तथा खाद्यान्न बरामद

रुपन्देही खबर , ३५५  पटक हेरिएको

भैरहवा ,फागुन १८

जिल्ला प्रहरी कार्यालय भैरहवा रुपन्देहीले १४ लाख ५७ हजार ९सय ९० रुपैया बराबरको अवैध कपडा तथा खाद्यान्न बरामद गरेको जनाएको छ। जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ७ बेलबाबा पथ स्थित दिनेश पोख्रेलको घरमा भन्सार छली चोरी पैठारी गरी राखेको तन्ना १२० पिस, टिसर्ट २७६ पिस, हाप पाईन्ट १९६ पिस, बनारसी साडी १७६ पिस, नरमल साडी ११० पिस र सिफनको बण्डल ९५ रोल लगायत ८ लाख ५४ हजार बराबरको सामान वरामद गरेको हो ।

यस्तै गरि जिल्लाको मर्चवारी गाउँपालिका वाड नं. ७ श्रीरामपुर स्थित महादेव पाल र शिवनाथ भन्ने सुर्यनाथ पालको घरमा भारत बाट भन्सार छली चोरी पैठारी गरी घरमा लुकाई छिपाई राखेको ५० के.जी. को १०० बोरा चामल अन्दाजी ३लाख १२ हजार वरावरको सामान वरामद गरेको छ भने जिल्लाको कोटहीमाई गाउँपालिका वडा नं. ३ नौडिहवा स्थितमा वेवारिसे अवस्थामा रहेको भारत बाट भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ५० के.जी.को ७७ बोरा चामल र २३ बोरा गहुँ अन्दाजी मुल्य २लाख ९१ हजार ९ सय ९० मुल्य वरावरको सामान वरामद गरेको छ भने बरामद भएको सामानहरु भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-०२ , समय : ०९:१९:१७ , २ वर्ष अगाडि