सरकारले जनतालाई बिश्वासमा लिएर काम गर्नुपर्ने नेता पौडेलको भनाइ

प्रकाश न्यौपाने , २२२  पटक हेरिएको

नवलपरासी, फाल्गुन १६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सरकारले जनतालाई बिश्वासमा लिएर काम गर्नु पर्ने बताउनु भएको छ । काङ्ग्रेस सरकारमा जाने र मन्त्री बन्ने भन्दा पनि सरकारले जनतालाई बिश्वासमा लिएर जनमैत्री काम गर्नु पर्ने बताउनु भयो ।

आठ दलीय गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ । उहाले भन्नू भयो -“केही दिनमा नै महत्त्वपूर्ण मन्त्रालय सहित हाम्रो पार्टी सरकारमा जाँदैछ । अन्य दल पनि सहभागी हुनेछन् ।” नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले अवको केहि दिनमा नै नेपाली काङ्ग्रेस सरकारमा सहभागी हुने र राष्ट्रपति निर्वाचन पछि मात्रै सरकारले पुर्णता पाउने बताउनु भयो ।

यस अघि भएको एमाले र माओवादी बीचको गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली ‘सुपर पावर प्रधानमन्त्री’ बन्न खोजेकाले माओवादी-एमाले गठबन्धन नेतृत्वको सरकार नटिकेको बताउदै उहाले कांग्रेसले कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरे पनि त्यसलाई सच्याएर अगाडि बढ्ने बताउनु भयो । देश आर्थिक संकटमा जाँदै गरेकाले अहिले आर्थिक बिषयका मुद्दाहरुमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नु पर्नेमा आजको आवश्यकता रहेको जोड दिदै नेता पौडेलले पद र सरकार भन्दा पनि काम प्रमुख रहने बताउनु भयो ।

पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णु लामिछाने, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: २०२३-०२-२८ , समय : १९:३३:४१ , २ वर्ष अगाडि