अजय मिश्र , २३३ पटक हेरिएको
कपिलवस्तु, फागुन १४
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा किशोरीहरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको समन्वय, महिला पुनर्स्थापना केन्द्र (ओरेक) को सहयोग तथा किशोरी अधिकार मंचको आयोजनामा एक दिने किशोरीहरुको सवाल सम्बोधनको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा अतिथिमा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी , इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना, राजेश मिश्र, थुमा देवी उपाध्यक्ष लगायत वडाध्यक्ष हरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य किशोरी अधिकार मंचकी वविता चौहानले गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले किशोरीहरूको शिक्षा प्रति अभिभावक सचेत हुनुपर्ने, किशोरीहरू हाम्रो देशको भबिष्य रहेको बताउदै किशोरीहरूको हक अधिकार संरक्षण गर्न नगरस्तरबाट हुने हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो।
कार्यक्रममा किशोरीहरुको हक अधिकार सम्बंधि निति नियम, साइबर क्राइम, दुर्व्यवहार, लगायतका बिषयमा वक्ताहरूले जानकारी गराएका थिए । कार्यक्रममा ओरेकका सहायक जिल्ला अधिकृत संगीता चौरासियाले जसको सवाल उसैको नेतृत्वमा किशोरीहरू अगुवाई गर्दै, किशोरीहरू तथा स्थानीय सरोकारवाला संगको सम्बन्ध र सहकार्य कसरी विस्तार गर्ने लगायत कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा खुल्ला सवाल कार्यक्रमको अगुवाई किशोरी मंच जिल्ला सदस्य गुडिया यादवले गर्नुभएको थियो । ओरेक संस्थाकी मनोविमर्शकर्ता पार्वती चौधरीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२३-०२-२६ , समय : १९:२५:२८ , २ वर्ष अगाडि