कपिलवस्तु मा १६ किलो लागु औषध (चरेश) पक्राउ

धनी राम कोरी , ४४६  पटक हेरिएको

ताैलिहवा, फागुन १४

कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं. ९ बिजगौरी बस्ने मेघराज घर्तिको घरबाट १६ किलो लागु औषध (चरेस ) प्रहरीले बरामद गरेको छ ।

गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडा कपिलवस्तुका संयुक्त रुपमा खटि गएको प्रहरीकाे टोलीले मेघराज घर्ती मगरको घरमा खानतलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको तौल गर्दा १६ किलो लागु औषध (चरेश ) फेला पारी मेघराज घर्ती मगरलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०२-२६ , समय : १७:४०:३३ , २ वर्ष अगाडि