ओमसतियाको प्रमुख प्रशासकिय अधिकृतमा क्षेत्री

रुपन्देही खबर , २२७  पटक हेरिएको

रुपन्देही, फागुन १२

रुपन्देहीको ओमसतिया गाउँपालिकाका नव प्रमुख प्रशासकिय अधिकृत बिपिन क्षेत्रीले पालिकाको समग्र बिकाशका लागि आफु लागि पर्ने बताएका छ्न। गाउँ पालिकामा नयाँ जिम्मेवारीका साथ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेश दाङबाट सरुवा भइ आएका क्षेत्रीले कार्यालयमा आयोजित स्वागत कार्यक्रममा राज्यले दिएको अधिकारको प्रयोग , नीति नियमको अधिनमा रहि काम गर्ने उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीलाई स्वागत गर्दै गाउँ पालिका अध्यक्ष मन्जित कुमार यादवले गाउँ पालिकाको योजना नीति अनुसार काम गरि गाउँ पालिकालाई समुन्न्त बनाउने गरि काम गर्न र विशेष गरि बिकाश निर्माणका कामको गुणस्तरमा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, वडा नम्बर ५ काअध्यक्ष एव प्रबक्ता मदन प्रसाद पोख्रेल,विभिन्न वडाका वडाअध्यक्ष, शाखाका अधिकृत एव कर्मचारी लगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०२३-०२-२५ , समय : ०५:१८:२० , २ वर्ष अगाडि