उर्मिला यादव यात्री , ३६३ पटक हेरिएको
भैरहवा, फागुन ११
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले जिल्लाको देवदह नगरपालिका ,ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका र सुद्धोधन गाउँपालिकाबाट अबैध नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ९ वटा ट्याक्टर, ३ वटा जेसीबी र १ वटा टिप्पर गरी १३ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको ट्याक्टर , जेसीबी र टिप्परलाई कारबाहीका लागी सम्बन्धित स्थानिय तहमा पठाइएको र नगद रु २ लाख ६८ हजार रुपैया जरिवाना तिराइ उक्त सवारी साधनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०२-२३ , समय : २०:३९:५५ , २ वर्ष अगाडि