नवलपरासीको सुनवलम वडा कप जिल्ला स्तरिय कराते प्रतियोगिता सम्पन्न

रुपन्देही खबर , ३००  पटक हेरिएको

सुनवल , फागुन ८

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ३ किर्तिपुर -२ डोजोको आयोजना तथा सुनवल नगरपालिका वडा न . ३ को आर्थिक सहयोगमा २ दिने कराते प्रतियोगिता सम्पन्न भएको छ । डोजोकी प्रशिक्षक एवं डोजोकी अध्यक्ष कमला रानाको अध्यक्षता तथा सुनवल नगरपालिकाको नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले जिल्ला स्तरिय कराते प्रतियोगिता गर्न प्रायोजक भुमिका खेल्ने वडा र वडा अध्यक्षज्युलाई बिशेष धन्यवाद दिदै कराते खेललाई आफुले र नगरपालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा कार्यक्रम आयोजक समिति सदस्य राम कुमार बि.कको स्वागत मन्तव्य रहेको प्रतियोगितामा जिल्ला खेलकुद बिकास समिती एवं लुम्बिनी भलिबल संघका उपाध्यक्ष रमेश कर्मचार्य , वडा न.३ का वडा अध्यक्ष पबिन गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

दुइ दिन सम्म सन्चालन भएको उक्त खेलमा १० गोल्ड, ४ सिलिभर र ५ ब्रोन्ज सहित बनाहा डोजो टिम प्रथम भएको छ । यस्तै गरी ८ गोल्ड, १० सिलिभर र १० ब्रोन्ज सहित किर्तिपुर डोजो टिम द्वितिय हुन सफल भएको छ भने ५ गोल्ड, ५ सिलिभर र ६ ब्रोन्ज सहित बन्कट्टि . एस.के. एफ डोजो टिम तृतीय भएको छ। १६ वडा डोजोको सहभागिता रहेको उक्त प्रतियोगितामा ५० गोल्ड मेडल, ५० सिलिभर र १०० भन्दा बढी ब्रोन्ज मेडल वितरण गरिएको थियो।

डोजोका सचिब रोशन श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा खेलाडिहरुलाई मेडल र प्रमाणपत्र वितरण, सम्पुर्ण सहयोगी दाताहरुलाई सम्मान पत्र वितरण साथै सम्पुर्ण रेफ्रीहरुलाई मायाको चिनो र सम्मान पत्र वितरण गरिएको थियो।

प्रकाशित मिति: २०२३-०२-२० , समय : १५:४७:५० , २ वर्ष अगाडि