राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज भैरहवामा बृक्षारोपण गरीयो

रुपन्देही खबर , २७०  पटक हेरिएको

भैरहवा,फागुन ७

७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । यस्तै गरी ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाको आयोजनामा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।


दिवसको अवसर पारेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी टेकप्रसाद राई, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकाल, प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी , प्रहरी अधिकृत र प्रहरी जवान, कर्मचारी, पत्रकार लगायतले भैरहवा स्थित कार्यालय परिसरमा बृक्षारोपण गरेका हुन । बृक्षारोपणमा बेल, धुपी लगायतका बिरुवाहरु रोपिएको थियो ।



प्रकाशित मिति: २०२३-०२-१९ , समय : १५:११:३६ , २ वर्ष अगाडि