सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन

रुपन्देही खबर , १९०  पटक हेरिएको

काठमाडौं, फागुन ४

ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार भण्डारीको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।

अस्पतालका अनुसार हरिकलाको शरीरको ७० प्रतिशत भागमा जलन भएको थियो । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

प्रकाशित मिति: २०२३-०२-१६ , समय : १३:५७:०३ , २ वर्ष अगाडि