कविता : पर्खिराखेको छु तिम्रो लागि

गोबिन्द राज ओझा (राजन) , ६३८  पटक हेरिएको

डोटी, माघ २७

पर्खिराखेको छु तिम्रो लागि भेट्न आउँ है
हिँड्दा हिड्दा थाकिसके के गरौँ बताऊ है    
 
तिमि आयौ कि भनी धेरै पल्ट बाटो हेरे 
कोही आए बाटोमा भने तिमि हौ कि भनी हेरे  
तिमि यी मेरा नयनहरूमा बसेकी छौ  
पर्खिराखेको छु तिम्रो लागि भेट्न आउँ है
 
तिमि सँग कुरा गर्नु छ मलाई समय देऊ
मायालु मनमा मायाले भरिदेऊ
तिमि खुसी भएर मेरो सामु आउँ है
पर्खिराखेको छु तिम्रो लागि भेट्न आउँ है

लेखक :गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रकाशित मिति: २०२३-०२-१० , समय : २२:०६:५० , २ वर्ष अगाडि