लुम्बिनीमा रामकथा प्रवचन गर्न आएका बापुद्वारा मायादेवी मन्दिरको दर्शन

रुपन्देही खबर , ३०१  पटक हेरिएको

भैरहवा, माघ २४

भारतका प्रख्यात सन्त मोरारी बापू बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औं राम कथा प्रवचन गर्न आएका बापुले मायादेवी मन्दिरको दर्शन गरेका छन् । 

पहिलोपटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे । वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगे ।

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन् । पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशी र शान्ति मिलेको छ । परम पावन धाममा आउनाले परम मौन, परम शांति र परम आनन्दको अनुभूति भइरहेको छ । म आफूलाई एकदम शौभाग्यशाली अनुभव गर्दैछु  सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्वलन गरी पूजा समेत गरे ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेम यज्ञ समितिको आयोजनामा मंगलबारबाट सुरु हुने रामकथा प्रवचनका लागि वापू आएका हुन् । रामकथा प्रेम यज्ञ समितीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुनेछ । वापूसहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आएका हुन् ।

प्रकाशित मिति: २०२३-०२-०७ , समय : ०९:१२:०७ , २ वर्ष अगाडि