रेशम चौधरी मुद्धामा सर्वोच्चद्वारा दुबैपक्षलाई झिकाउने आदेश

रुपन्देही खबर , २३१  पटक हेरिएको

काठमाडौं , माघ २२

सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जोडिएको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।

न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासले पूर्वसांसद रेशम चौधरीको पुनरावेदनमा ‘प्रत्यर्थी झिकाउने’ आदेश गरेको हो । सर्वोच्चले आइतबार नै चौधरीविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा पनि प्रत्यर्थी झिकाउने नै आदेश भएको छ ।

सर्वोच्च अदालतले आइतबार तल्लो अदालतको फैसला चित्त नबुझाएर पुनरावेदन गर्नेको विपक्षीहरुलाई झिकाउनु भनी आदेश गरेको हो ।

७ भदौ २०७२ मा कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो मुद्दामा जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार रहेको ठहर सहित रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो, उक्त फैसलालाई उच्च अदालत दिपायलले पनि सदर गरेको थियो ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : १९:०६:३७ , २ वर्ष अगाडि