रुपन्देही खबर , २०३ पटक हेरिएको
दाङ, माघ २०
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री लिला गिरीबाट महालेखापरीक्षकका दुई वर्षका प्रतिवेदनहरु पेश गर्ने र कार्यव्यवस्था परामर्श समिति घोषणा गरिनेछ । यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका थिए ।
प्रकाशित मिति: २०२३-०२-०३ , समय : १०:१३:३५ , २ वर्ष अगाडि