रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रोहिणी–१ लाई

रुपन्देही खबर , ३८३  पटक हेरिएको

भैरहवा, माघ १४

रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो ।

टस जितेर रोहिणी–२ ले बलिङ रोज्यो । सुरुमा ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २१९ रन बनायो । उसका लागि धिरुले ८५, अबरारले ४१ र सम्सादले २६ रनको योगदान गरे । बलिङमा रोहिणी–२ का आकाश, विनायक र सई मोहम्मदले २/२ विकेट लिए ।

जितका लागि २२० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि कमलले ५८, इन्जमामले ४० र पंकजले ३८ रनको योगदान गरे । बलिङमा रोहिणी–१ का धिरुले ३ र अफसरले २ विकेट लिए ।

प्रतियोगिताको म्यान अफ द म्याच धिरु, म्यान द अफ द सिरिज धिरु, बेस्ट ब्याटसम्यान कमलेश र बेस्ट बलर धिरु घोषित भएका छ्न ।प्रतियोगितामा रोहिणी–५ र रोहिणी–६ सेमीफाइनलमा पुगेका थिए ।

नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा गत माघ ३ गतदेखि रोहिणी–३, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको थियो । 

प्रतियोगितामा प्रथम हुने टीमलाई रु.६० हजार र उपविजेता (द्वितीय) हुने टीमलाई रु.३० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताउनु भएको छ । त्यस्तै सेमीफाइनलमा पुगेका दुईटा टीमलाई रु१५/१५ हजार प्रदान गरिएको कुर्मीले जानकारी दिनु भयो । प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका ७ र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहेको थियो ।

विजेता तथा उपविजेता टीमलाई शुक्रबार एक कार्यक्रमका बीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, प्रवक्ता वीर बहादुर क्षेत्री, वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठान, रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खाँ, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रा, महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्मा लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष यादवले क्रिकेट खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग गरेको बताउनु भएको छ। उहाले गाउँपालिकाका विभिन्न वडाबाट राम्रो खेलाडी छनौट गरी विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउने बताउनु भयो। उहाले रोहिणीमा नमूना खेलमैदान निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मनोज कुमार यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-२८ , समय : ०६:५४:१५ , २ वर्ष अगाडि