सनमोडल ईङ्गलिस बोर्डिङ्ग स्कलमा अक्षराम्भ तथा विविध सांस्कृतिक कार्यक्रम

जगिलाल थापा , ३४८  पटक हेरिएको

कञ्चन, माघ १३

सनमोडल ईङ्गलिस बोर्डिङ्ग स्कल, कञ्चन ५, गरगरेमा बिहिवार सरस्वती पुजाको दिन अक्षराम्भ तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको छ। मन्टेश्वरी कक्षामा नयाँ बिधार्थीहरुको भर्नागरी अक्षराम्भ गरी बिद्यालयमा अध्यनरत बिधार्थीहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम गरिएको हो। कार्यक्रममा बोल्ने वक्ताहरुले बिद्यालय सबै शिक्षाहरुको ज्ञानप्राप्त गर्ने साझा मन्दिरको रुपमा लिई बिद्यालया देशका लागि आवस्कय पर्ने दक्षजनशक्तीको उत्पादनमा ध्यान दिइनु पर्ने कुरामा जोड दिएका छन।

कार्यक्रमका प्रमुख अतिथि तथा सो बिद्यालयका पुर्व शिक्षक नाम बहादुर के.सी.ले हिजो जुन गतिमा शिक्षा लिने र दिने गरिन्थयो आज तयही कुरा लागु गर्छु भन्नु आफै गलत सावित हुने कुरा उल्लेख गर्नु भयो। अवको शिक्षा प्रवृधि र सिपसंग जोड्दै जान सकेमात्र बिद्यालय र शिक्षकको पहिचान फरक बन्ने प्रमुख अतिथि के.सी.ले बताउनु भयो। रुद्पुर सामुदायिक बन पभोक्ता समूहका निवर्तमान अध्यक्ष समेत रहन भएका के.सी.ले हिजो बिद्यालयमा शिक्षकलाई मुख्यपात्रको रुपमा लिइन्थयो भने आज बिधार्थी र शिक्षक एक आपसमा सिकाईको माध्यम बन्ने बताउदै बिधार्थीहरुको अनुशासन र परिश्रमले उनिहरुको भविष्यको सुन्दर बाटो तयार हुने उल्लेख गर्नु भयो।

यसैगरी सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देहीका निवर्तमान अध्यक्ष सुमित्रा बुढाथोकीले सनमोडल ईङ्गलिस बोर्डिङ्ग स्कुलबाट उत्पादन भएका धेरै बिधार्थीहरुले फरक फरक क्षेत्रहरुमा राम्रो योगदान र प्रगति गरेर बिद्यालय, परिवार र समाजको गरिमा बढाउदै आइरहेको स्मरण गर्नु भयो। अभिभावक राधादेबी अस्लामीले यस बिद्यालयका हरेक बिधार्थीहरुको गुणगान राम्रो भइरहेको प्रति आफुलाई गर्व लागेको बताउनु भयो। अर्काृ अभिभावक दीपा गिरीले बिद्यालयका शिक्षक, शिक्षिका र अन्य कर्मचारीहरुले समेत पारिवारिक वातावरणमा बिधार्थीहरुलाई स्नेही पुर्वक खेलाउदै पढाउदै गर्ने भएकोले अभिभावक र बिधार्थीहरुको रोजाइमा सनमोडल पर्दै आएको बताउनु भयो।

कार्यक्रममा पुर्व बिद्यार्थी प्रेमसिंह राना, शिक्षक महेन्द्र परियार, संगित शिक्षक केशव शर्मा,कञ्चन खवरका प्रबन्ध संचालक जगीलाल थापा लगायतले बिद्यालयमा पाठ्यपुस्तकमा आधारित बिषयबस्तु संगसंगै बिधार्थीहरुमा रहेको अन्तरनिहित क्षमता र प्रतिभालाई प्रस्फुटन गराउन आन्तरिक तथा बाह्य रुपमा प्रतिस्पर्धा गराई सृजनात्मक अभिव्यक्तिकलाको बिकास समेत गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

बिद्यालयका सहायक प्रधानाध्यापक शशिधर चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक राधिका गिरीले स्वागत गर्नु भएको थियो भने शिक्षक प्रदीप गिरी र लक्ष्मी आचार्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। बिभिन्न कक्षामा अध्ययनरत बिद्यार्थीहरुले आ आफ्नो प्रतिभा प्रस्तुत गरेको कार्यक्रममा विविध नृत्य तथा कला समेत प्रस्तु गरेका थिए। यसैगरी नयाँ बिद्यार्थीको रुपमा भर्ना हुन आएका स साना नानीवाबुहरुलाई पहिलो पटक अक्षराम्भ समेत गराइएको थियो।

प्रकाशित मिति: २०२३-०१-२७ , समय : ०९:१८:०९ , २ वर्ष अगाडि