रुपन्देहीको रोहिणी–३ वडा कार्यालयद्वारा कम्बल वितरण

रबिन्द्र गुप्ता , २५४  पटक हेरिएको

भैरहवा, माघ ९

रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालय धकधई, रुपन्देहीले वडा नम्बर ३ मा रहेका एकल महिलाहरुलाई कम्बल वितरण गरेको छ । वडा कार्यालयले सोमबार धकधईमा एक कार्यक्रमका बीच कम्बल वितरण गरेको हो ।

चिसो मौसमलाई मध्यनजर गर्दै १४० जनालाई कम्बल वितरण गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताउनु भएको । उहाले भन्नु भयो, ‘नागरिकलाई विकासको अनुभुति दिलाउन लागिपरेका छौं, थुप्रै काम गर्न बाँकी छ । ’उहाले सबैले समेट्न सकियोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्थानीय सरकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले स्थानीय सरकारले जनताको पीर मर्का नजिकसँग बुझ्न पाएको बताउनु भयो । जनता र सरकार बीचको सम्बन्धलाई स्थानीय सरकारले थप बलियो बनाएको उहाको भनाइ थियो । अध्यक्ष यादवले भन्नु भयो, ‘जनतालाई नजिकबाट सेवा दिन्छौं, रोहिणीलाई नमूना गाउँपालिका बनाउँछौं, विकासका एजेण्डामा एकताबद्ध छौं । ’

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालयले राम्रो काम गरेको बताउनु भयो । उहाले आगामी वर्षहरुमा पनि यस्ता कामलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले सबैलाई समेट्न र सँगसँगै लैजाने प्रयास गरेको बताउनु भयो । उहाले स्थानीय सरकार पालिकाको विकासका लागि नागरिकसँग हातेमालो गर्दै अघि बढेको बताउनु भयो ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले नागरिकको समस्या समाधानमा वडा कार्यालय र गाउँपालिका लागिपरेको बताउनु भएको छ ।

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा रोहिणी–३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, सरस्वती विश्वकर्माको स्वागत तथा रोहिणी–३ की वडा सचिव पूर्णिमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-२३ , समय : १८:२७:१२ , २ वर्ष अगाडि