सम्मरीमाई ४ मा जेष्ठ नागरिकहरुलाई सम्मान तथा कम्बल बितरण

ज्ञानेश्वर उपाध्याय , ४८०  पटक हेरिएको

मर्चवार , माघ ९

रुपन्देहीको सम्मरीमाई वडा नं ४ फरेनामा जेष्ठ नागरिकहरुलाई सम्मान गरि कम्बल बितरण गरिएको छ । सम्मरीमाई वडा नंम्बर ४ को आयोजनामा भएको कम्बल बितरण कार्यक्रममा वडा अध्यक्ष दिवाकर दुबेको अध्यक्षता तथा सम्मरीमाई गाउपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझीको प्रमुख आतिथ्यतामा वडा भरिका ४ सय ५० जना जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुबेले जेष्ठ नागरिकको सम्मानको लागि आफुले हरेक बर्ष यस्तो कार्यक्रम गर्दै आएको र यसलाइ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाले जेष्ठ नागरिक समाजको मार्ग दर्शक भएकोले उहाहरुको सम्मान गर्नु हामी सबैको कर्तव्य भएको जोड दिनु भयो ।

ज्ञानेश्वर उपाध्यायको संचालनमा सम्पन्न भएको कार्यक्रममा अखिलेश्वर शुक्ला, राजेन्द्र गुप्ता,मिरा हरिजन,रामाअवध भर, आबित अलि भाड, नेवास अलि मुसलमान,सुनिल दुबे , बिश्वनाथ हरिजन, वडा भरिका जेष्ठ नागरिक लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०१-२३ , समय : ०७:१९:२६ , २ वर्ष अगाडि