धकधईमा जारी मेयरकप क्रिकेट प्रतियोगिता आज रोहिणी ३ र ५ बिच हुदै

उर्मिला यादव यात्री , ३०७  पटक हेरिएको

भैरहवा, माघ ८

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा जारी मेयर कप–२०७९ क्रिकेट प्रतियोगिता आज पनि जारी छ । आज आइतबार पहिलो खेल अब केही बेरमै सुरु हुने आयोजकले जनाएको छ । आजको पहिलो खेल रोहिणी ३ र ५ बिच हुनेछ । यस्तै गरी दोस्रो खेल दिउसो १ बजेदेखी रोहीणी ४ र रोहिणी ६ बिच हुने क्रिकेट प्रतियोगिता संयोजक रुपेश कुर्मीले जानकारी दिनु भएको छ ।

यस्तै गरी शनिबार भएको पहिलो खेलमा रोहिणी एकले जितेको छ । पहिलो खेल रोहिणी १ र रोहिणी ७ बिच भएको थियो । प्रतियोगितामा रोहिणी ७ ले टस जितेर पहिलो बलिंग रोजेको थियो । भने रोहिणी १ ले पहिलो ब्याटिंग गर्ने क्रममा निर्धारित १५ ओभरको खेलमा २२४ रनको बिशाल लक्ष्य पुरा गर्दै जित सुनिश्चित गरेको छ । यस्तै गरी रोहिणी सातले २२५ रनको बिशाल लक्ष्य पछयाउदै ८० रन मात्र बनाएको थियो ।

यस्तै गरी शनिबार नै भएको रोहिणी ४ र मेयर टिम बिचको दोस्रो खेलमा रोहिणी ४ ले जितेको छ । खेलमा मेयर टिमले टस जितेर पहिलो ब्याटिंग रोजेको थियो । मेयर टिमले पहिलो ब्याटिंग गर्ने क्रममा निर्धारित १५ ओभर खेल्दै ९२ रनमा मात्र सिमित भएको थियो । भने राहिणी ४ ले ९३ रनको टारगेट पछयाउदै आफनो ४ बिकेट गुमाएर ५ ओभर खेल्दै टारगेट पुरा गर्न सफल भएको थियो ।

नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा क्रिकेट प्रतियोगिता जारी छ ।

प्रकाशित मिति: २०२३-०१-२२ , समय : १०:४२:०३ , २ वर्ष अगाडि