आचार्यको अध्यक्षतामा रुद्रपुर मा.वि.पुर्व बिद्यार्थी समाज गठन

जगिलाल थापा , १९१  पटक हेरिएको

कञ्चन, माघ ७

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४, रुपन्देहीमा रहेको रुद्रपुर माध्यमिक बिद्यालयका भुतपुर्व बिद्यार्थीहरुको शनिवार भेटघाट तथा पुनर्मिलन कार्यक्रम भएको छ। रुपन्देहीको सबैभन्दा ठूलो सिमसार गैडातालमा भएको पुर्व बिद्यार्थीहरुको भेटघाट तथा पुनर्मिलन कार्यक्रमबाट पुर्व बिद्यार्थी लेखनाथ आचार्यको अध्यक्षतामा ७ सदस्यिय रुद्रपुर मा.वि. पुर्व बिद्यार्थी समाज गठन गरिएको छ। यस्तै पुर्व बिद्यार्थी समाजको उपाध्यक्षमा खेम बहादुर क्षेत्री, सचिवमा जगी लाल थापा, कोषाध्यक्षमा लक्षु कुमारी बुढाथोकी र सह सचिवमा निरु थापा रहनु भएको छ । सदस्यमा प्रकाश क्षेत्री र देव बहादुर थापा रहनु भएको छ। नव गठित पुर्व बिद्यार्थी समाजले रुद्रपुर माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरुको पुनर्मिलन तथा भेटघाट कार्यक्रमको आयोजना गरी अनुभव आदान प्रदान गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न र्सजनात्मक कार्यक्रम सञ्चालन गर्ने, बिद्यालयको शैक्षिक स्तर बृद्धि गर्न र भौतिक पुर्वाधार बिकास लगायतका शैक्षिक तथा सामाजिक गतिबिधी सञ्चालन गर्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहजिकरण गर्नेछ।
नव गठित रुद्रपुर मा.वि. पुर्व बिद्यार्थी समाज अध्यक्ष तथा बुद्धदीप बोर्डिङ्ग स्कुलका सहायक प्राचार्य लेखनाथ आचार्यले रुद्रपुर माध्यमिक बिद्यालयबाट हासिल गरेको ज्ञानबाट प्राप्त सिप तथ अवसरहरुलाई समाजलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने सृजनात्मक कार्यहरु गर्नमा बिद्यार्थी समाजले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो।

हामी जहाँ जुनसुकै स्थान र ओहोदामा पुगेको भएपनि ती स्थान, ओहोदा र अवसरको पहुचमा पुर्याउने पहिलो खुडिकलो भनेको आफुले अध्ययन गरेको बिद्यालय भएकोले उक्त बिद्यालय प्रति सबै पुर्व बिद्यार्थीहरुले आफ्नो क्षमता अनुसार सहयोग र बिद्यालयको नामबाट समाजका लागि सृजनात्मक कार्यहरु गर्नु पर्नेमा अध्यक्ष आचार्यले जोड दिनु भयो।

यस्तै कार्यक्रममा सो बिद्यालयका पुर्व बिद्यार्थी तथा ज्ञानोदय माध्यमिक बिद्यालय, लेते मुस्ताङ्गका शिक्षक छविलाल थापाले आफुसंगै पढेका बिधार्थीहरुको भेटघाटले तत्कालिन समयमा सिकेका र भोगेका अनुभवहरु आपसमा आदान प्रदान गर्दा आफुमा पनि अझ उत्साह थपिने र बिधद्यालयबाट छुट्टिएपछि सिकेका ज्ञान सिप र अनुभवहरुको आदान प्रदानबाट थप नया सिकाई प्राप्त हुने बताउनु भयो।

आ आफ्नो मेहनत र परिश्रमले हामी जुनसुकै ठाउँमा पुगेको भए पनि आफुले पढेको बिद्यालयलाई कहिल्यै बिर्सन नसकिने पुर्व बिद्यार्थी थापाले बताउनु भयो। पुर्व बिद्यार्थीहरुको भेटघाट तथा पुनर्मिलन कार्यक्रममा पुर्व बिधार्थी तथा कञ्चन गाउँपालिका वडा नं. ५ का कार्यालय सहायक खेम बहादुर क्षेत्रीले आ आफ्नो पेसा व्यबसाय र पदिय जिम्मेवारीले भौगोलिक रुपमा टाढा हुनु परे पनि एउटै बिद्यालय र कक्षामा संगै पढेका समकालिन साथीहरुको स्मरण सदैव ताजा हुने बताउनु भयो। शैक्षिक सत्र २०६० को एसएलसी परिक्षामा सहभागी बिद्यार्थीहरुको मेहनत र बिद्यालयका शिक्षकहरुको उचित निर्देशनका कारण एस एल सीमा राम्रो नतिजा सहित उत्तिर्ण गर्न सफल भएको स्मरण गर्दै पुर्व बिद्यार्थी क्षेत्रीले त्यो बर्षको एस एल सी नतिजा राम्रो भएका कारण रुद्रपुर माध्यमिक बिद्यालयको माध्यमिक तह स्थायी हुन सकेको समेत अनुभव सुनाउनु भएको थियो।

पुर्व बिद्यार्थी हरुको पुर्नमिलन र भेटघाट कार्यक्रमलाई हरेक बर्ष निरन्तरता दिदै जानु पर्ने र ती कार्यक्रमहरुका पुर्व बिद्यार्थीहरुको जमघटको संख्या बृद्धि गर्दै लैजान सबैले पहल गर्नु पर्ने समेत पुर्व बिद्यार्थी खेम बहादुर क्षेत्रीले बताउनु भयो।

उक्त कार्यक्रममा रुद्रपुर माध्यमिक बिद्यालयमा शैक्षिक सत्र २०५४ देखि २०६४ सम्मा पुर्व विधार्थीहरुको भेला भएको थियो। पुर्व बिद्यार्थी हरुको पुनर्मिलन तथा भेटघाट कार्यक्रमको सहजिकरण पुर्व बिधार्थीहरु लेखनाथ आचार्य, छविलाल थापा, चमेली थापा, फुलमाया श्रीस,गंगाराज सुवेदी, जगी लाल थापा लगायले गर्नु भएको थियो।

प्रकाशित मिति: २०२३-०१-२१ , समय : २०:३८:३९ , २ वर्ष अगाडि