रोहिणी ५ मा जेष्ठनागरिक एवम एकल महिलाहरुलाई न्यानो कम्बल वितरण

रुपन्देही खबर , ३८३  पटक हेरिएको

भैरहवा , माघ ७

रुपन्देहीको रोहिणी ५ मा जेष्ठ नागरिक एवम एकल महिलाहरुलाई शुक्रवार एक कार्यक्रमका बिच न्यानो कम्बल वितरण गरिएको छ । रोहिणी गाउँ पालिका वडा नंम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्रीको अध्यक्षता तथा रोहिणी गाउँ पालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिक एवम् एकल महिलाहरुलाई न्यानो कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा ९५ थान कम्बल वितरण गरिएको थियो । कार्यक्रममा वार्ड सदस्य किशोर यादव दिलीप यादव , जेष्ठ नागरिक एवम् एकल महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०१-२१ , समय : ११:१३:५० , २ वर्ष अगाडि