रुपन्देहीको शुद्धोधन–१ बाट जसपाले खाता खोल्यो, एक मतले गडेरिया विजयी

रुपन्देही खबर , ५९३  पटक हेरिएको

भैरहवा, वैशाख ३१

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपा नेपालका उदयराज गडेरिया (बाबुराम पाल) एक मत अन्तरले विजयी भएका छन् ।

गडेरियाले ९९२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ पद पाएका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर गौतम क्षेत्रीले २१२ मत प्राप्त गरेका छन् ।

जसपाले जिल्लामा पहिलो वडा जितेर खाता खोलेको हो ।

प्रकाशित मिति: २०२२-०५-१४ , समय : २१:२८:०३ , २ वर्ष अगाडि