चुरा,माला बनाउने एकमहिने निःशुल्क तालिम धकधइमा सम्पन्न

रुपन्देही खबर , १९३  पटक हेरिएको

भैरहवा, माघ ५

रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा चुरा, माला बनाउने एकमहिने निःशुल्क तालिम सम्पन्न भएको छ । श्री कृष्णा सामुदायिक विकास केन्द्र कोटहीमाई गाउँपालिका–१, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिका गाउँ कार्यपालिकाको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । पुस ४ गतेदेखि सुरु भएको तालिम बुधबार एक कार्यक्रमकाबीच समापन भएको कार्यक्रम संयोजक विजया खत्रीले बताउनु भएको छ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भएको छ । समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भयो ।

रोहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा वीर फाउण्डेशन, नेपालकी अध्यक्ष विजया खत्री, सदस्य मनिषा कोहार, मनिषा हरिजन लगायतले बोल्नु भएको थियो । तालिममा प्रशिक्षक मनिषा कोहार र मनिषा हरिजनले सहजीकरण गर्नु भएको थियो । ३० जनाको सहभागीता रहेको तालिमको प्राविधिक सहयोग वीर फाउण्डेशन नेपालले गरेको थियो । 

 

प्रकाशित मिति: २०२३-०१-१९ , समय : १४:५५:४२ , २ वर्ष अगाडि