नवलपरासीको मत परिणाम आउन ४ दिन लाग्ने

हरि शर्मा , ३२३  पटक हेरिएको

नवलपरासी, बैशाख ३१
पश्चिम नवलपरासीको मत परिणाम आउन ४ दिन लाग्ने अनुमान गरिएको छ ।  ३ नगरपालिका र ४ गाउँपालिका गरी कुल ७ स्थानीय तह रहेको जिल्लामा शनिबार बिहानदेखि मत गणना सुरु भएको छ।

गाउँपालिकाहरुको ३ दिन र नगरपालिकाको परिणाम आउन ४ दिन लाग्ने जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले जानकारी दिइन् । जनशक्ति अभावका कारण कुनै पालिकामा एउटा वडाको मात्र र  कुनैमा भने २ वटा वडासम्मको मत गणना गरिएको उनले बताइन् ।  

जिल्लाबाट कुल ३ सय ८४ जनप्रतिनिधिहरु चुनिने छन् । त्यसका लागि २१ सय ९ जनाले उमेदवारी दिएका छन् । जिल्लामा कुल ७७.७६ प्रतिशत मत खसेको छ । २ लाख ३७ हजार १ सय २५ मतदातामा १ लाख ८४ हजार ३ सय ८२ मत खसेको हो । 

प्रकाशित मिति: २०२२-०५-१४ , समय : १३:०१:२७ , २ वर्ष अगाडि