मर्चवारी गाउँपालिका १ सेमरा आधारभूत विद्यालयको मतदान कार्य सकियो

रुपन्देही खबर , १०६३  पटक हेरिएको

रुपन्देही, बैशाख ३०
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर १ मा रहेको सेमरा आधारभूत विद्यालयको मतदान स्थलमा राती १० बजे सम्म मतदान चलेको छ । उक्त मतदान स्थलमा ३ हजार ९ सय ७६ जना मतदाता रहेका थिए जसमा २ हजार ८ सय ८२ मत मात्र मतदान भएको छ ।

उक्त मतदान स्थलको मतदान केन्द्र नं. ‘क’ मा ९ सय ८० मध्ये ७ सय २९ मतदान भएको , मतदान केन्द्र नं. ‘ख’ मा ९ सय ८० मध्ये ७ सय १५ मतदान भएको, मतदान केन्द्र नं. ‘ग’ मा १ हजार ८ मत रहेको जसमा ७ सय २६ मतदान भएको र मतदान केन्द्र नं. ‘घ’ मा १ हजार ८ मत रहेको जसमा ७ सय ११ मतदान भएको मतदान अधिकृत गणेश सिंह श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त मतदान स्थलमा ५७ दमलव ४० प्रतिशत मतदान भएको उनले जानकारी दिएका छन् । हवाहुरी तथा फराकिलो ठाउँको अभावले मतदान कार्य ढिलो भएको उनले जानकारी दिएका छन् ।

कर्मचारीको ढिलासुस्तीले मतदाताले समस्या झेल्नु परेको मतदाताहरुले आरोप लगाएका छन् । मर्चवारी १ का एक मतदाताले दिएको जानकारी अनुसार कर्मचारीको ढिलासुस्ती तथा प्रशासनको लापरवाहिले केही मतदाताहरु मतदान विना नै घर फर्केका छन् ।

प्रकाशित मिति: २०२२-०५-१३ , समय : २२:५८:४३ , ३ वर्ष अगाडि