गोपाल सेवा समिती र यदुवंशी युवा समाज रुपन्देहीको आयोजनामा खिचडी महोत्सव

उर्मिला यादव यात्री , १२८२  पटक हेरिएको

भैरहवा , माघ १

गोपाल सेवा समिती र यदुवंशी युवा समाज रुपन्देहीको आयोजनामा आज मायादेवी ६ बिथरीमा मकरसंक्रान्ति खिचडी महोत्सव सम्पन्न भएको छ । यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डाक्टर रणधीर यादवको अध्यक्षता तथा नेपाल सरकारका पुर्व गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पुर्व गृहमन्त्री खाणले सम्पुर्ण समुदायलाई खिचडी पर्वको शुभकामना दिदै सबैलाई एकताका साथ अघि बढन आग्रह गर्नु भएको छ । उहाले खिचडी पर्व सबैको साझा पर्व भएकोले हरेक समुदायमा यसको छुटटै महत्व रहेको समेत उल्लेख गर्नु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै पुर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीले खिचडी पर्वको सबैमा शुभकामना दिदै सदियौ देखि चलिआएको खिचडी पर्व हाम्रो प्रमुख संस्कृति भएकोले यसको संरक्षणको लागी गोपाल सेवा समिती र यदुवंशी युवा समाज रुपन्देहीले खिचडी महोत्सव आयोजना गरी प्रशंसनिय कार्य गरेको बताउनु भएको छ । उहाले आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गरी आफनो संस्कृतिको संरक्षण गर्नुपर्ने जोड दिनु भयो ।

यस्तै गरी कार्यक्रममा संबिधान सभा सदस्य सोनिया यादवले गोपाल सेवा समिती र यदुवंशी युवा समाज रुपन्देहीलाई एकजुट भएर अघि बढन आग्रह गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव भोलाले यादव सेवा समाजको भवन निमार्ण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले गोपाल सेवा समिती र यदुबंशी युवा समाज रुपन्देहीको आफनो छुटटै एम्बुलेन्स हुनुपर्ने बताउनु भएको छ । यसको लागी उहाले आफनो वडाबाट एक लाख ५१ हजार रुपैया बजेट बिनियोजन गर्ने घोषणा समेत गर्नु भएको छ । उहाले यादव सेवा समाजबाट हरेक गाउपालिका र वडामा जितेका जनप्रतिनिधीहरुलाई आफनो संस्थाको बिकासका लागी बजेट बिनियोजन गर्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रमका अध्यक्ष तथा यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डाक्टर रणधीर यादवले यादव समुदायमा रहेको दहेज प्रथा जस्तो बिकृतिलाई हामी आफैले हटाउनुपर्ने बताउनुु भयो । उहाले हामी सबै मिलेर दहेज नलिने र दहेज नदिने कार्यको शुरुवात गर्नुपर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले आगामी दिनमा यस्तै कार्यक्रमहरु नेपालभरी अभियानको रुपमा चलाउनुपर्ने बताउनु भएको छ । उहाले यस्तो कार्यक्रमले यादव समुदायमा एकता हुनुका साथै यसको माध्यमबाट सामाजिक सदभाव पनि बलियो हुुने जोड दिनु भयो ।

यदुवंशी युवा समाज रुपन्देहीका बरिष्ठ उपाध्यक्ष राकेश यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा गोपाल सेवा समितीका जिल्ला सल्लाहकार भागीरथी यादव लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन गोपाल सेवा समितीको जिल्ला सचिव उमाशंकर यादवले गर्नु भएको थियो ।

कार्यक्रममा गोपाल सेवा समितीको बिकासका लागी महत्वपुर्ण योगदान पुरयाउने ब्यक्तित्व, मायादेवी गाउपालिका भित्र निर्वाचित जनप्रतिनिधीहरु लगायत जेष्ठ नागरीकहरुलाई दोसल्ला ओढाइ सम्मान समेत गरीएको थियो । कार्यक्रममा चर्चित बिरहा गायक हरकेश यादव र बिरहा गायक रन्जना सिंहको बेजोड प्रस्तुती समेत रहेको थियो ।

प्रकाशित मिति: २०२३-०१-१५ , समय : २२:३०:२० , २ वर्ष अगाडि