लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ द्वारा कम्बल वितरण

अन्जना चौहान , ५३२  पटक हेरिएको

लुम्बिनी, पुस ३०

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ वडा कार्यलय तेनुहवाले जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका ब्यक्तीहरुलाई कम्बल वितरण गरेको छ । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानले लुम्बिनी साँस्कृतिक नगरपालिकाकाे तर्फबाट आफुले सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यस्तै गरि लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष खुर्सेद आलम मुसलमानले रुपन्देही जिल्ला सहित तराईका जिल्लामा अत्यधिक चिसो बढेकोले कम्बल वितरण गरेको र यसलाइ यसरी नै निरन्तरता दिने बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमान,विशिष्ट अतिथि नगर उपप्रमुख कल्पना हरिजन, वडा नम्बर ५ का वडाअध्यक्ष खुर्सेद आलम मुसलमान, वडा सचिव राम अनुज कुर्मी, वडा सदस्य एलकसन मुसलमान, महिला सदस्य इसरावति पासि, अब्दुल हक मुसलमान ,बैटरि तेलिन,बुद्धिजीवी, समाजसेवी लगायतका ब्यक्तीत्वहरुको उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा महिला र पुरुष गरि ३ सय ८० जनाहरुलाई कम्मल वितरण गरिएको थियो भने कार्यक्रमको संचालन वडा सचिव राम अनुज कुर्मीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-१४ , समय : २२:१६:२९ , २ वर्ष अगाडि