नवलपरासीको जितपुरमा न्यानाे लुगा वितरण

पप्पु रेग्मी , २१९  पटक हेरिएको

नवलपरासी , पुस २९

पश्चिम नवलपरासी जिल्ला स्थित जितपुर प्राथमिक विद्यालय बर्दघाट ५ बण्डाखाेलामा अध्ययनरत बालवालिकाहरूका लागी एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरिएको छ । कार्यक्रम साैर्य बिक्रम खड्का फाउन्डेसनकी अध्यक्ष प्रतिमा सिंहकाे अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा नं. ५ काे वडा अध्यक्ष विमला गुरूङकाे प्रमुख आतिथ्यतामा गरिएकाे कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै गुरूङले साैर्य बिक्रम खड्का फाउन्डेसन बण्डाखाेलाकी अध्यक्ष समेत रहनु भएकी समाजसेवी प्रतिमा सिंहले आफ्नाे जेष्ठ सुपुत्र स्व. साैर्य बिक्रम खड्काकाे सम्झनामा साे जितपुर विद्यालयमा अध्ययन गर्ने सबै बालबालिकाहरूलाई न्यानो कपडा सुईटर बितरण गरेर समाजमा उदाहरणिय काम गरेकाे बताउनु भएको छ । अहिले जाडोकाे माैसम भएकाेले बालबालिकाहरूलाई जाडाेबाट‌ बच्न आफ्नाे व्यक्तिगत लगानीमा सिंहले  बितरण गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ  ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष गाेविन्द चाैधरी, समजसेवी कृष्ण बहादुर सिंह, अरूण सिंह, प्रधाना ध्यापक दिपक पाेखरेल, बर्दघाट प्रज्ञाप्रतिष्ठानका सदस्य उत्तम ध्वज के. सी.लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-१३ , समय : १९:०२:५४ , २ वर्ष अगाडि