लायन्स क्लब अफ सिद्धार्थनगर गाैतम बुद्धद्वारा आर्थिक सहयोग

रुपन्देही खबर , २२०  पटक हेरिएको

भैरहवा , पुस २८

लायन्स क्लब अफ सिद्धार्थनगर गाैतम बुद्धले १ सय ४४ ओैं मेल्विन जोन्स डे को सर्भिस विक अन्तर्गत सप्ताहरुपी कार्यक्रम अन्तर्गत आईतबारका सि.न.पा-६ निवासी राज कुमार थापालाइ आर्थिक सहयोग गरेको छ। प्लास्टिक अनेमिया रोगबाट ग्रसित थापाको उपचारका लागि लायन्स क्लब सिद्धार्थनगर गाैतम बुद्धले रु १३ हजार १ सय आर्थिक सहयोग गरेको हो ।

कार्यक्रम अध्यक्ष गाैतम गुप्ताको अध्यक्षता तथा दोस्रो उपाध्यक्ष सुमेर विक्रम खाँणको संयोजनमा आर्थिक सहयोग गरिएको हो ।

कार्यक्रममा तेस्रो उपाध्यक्ष लायन अनिल गुप्ता ,लायन अजय गुप्ता,लायन सुनिल सोनी,मनमित सिंह गांधी, कोषाध्यक्ष लायन संजोग राज र सचिव लायन सुरज भट्टराई लगायत सदस्यको उपस्थितिमा रकम राज कुमार थापाको श्रीमती नबिना थापालाइ क्लबको अध्यक्ष लायन गाैतम गुप्ताले हस्तान्तरण गर्नु भएको छ ।

प्रकाशित मिति: २०२३-०१-१२ , समय : ०९:३३:५३ , २ वर्ष अगाडि