रुपन्देही खबर , ३९० पटक हेरिएको
भैरहवा , पुस २७
नरैनापुरमा चौथो ओमसतिया कला सस्कृती महोत्सव २०७९ माघ १ गतेबाट सुरु हुने भएको छ । महोत्सवमा हुने कुस्ती प्रतियोगितामा पहलवान देवा थापाले सहभागीता जनाउने आयोजकले जनाएको छ । ओमसतिया गाउपालिकाको वडा नम्बर ६ नरैनापुरमा श्री रामजानकी मन्दिर रंगशाला सभाहल ब्यवस्थापनमा महोत्सव हुने आयोजकले जनाएको हो ।
कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा माघ १ देखि ३ गते सम्म कुस्ती महामुकाबला प्रतियोगिता , ५ गते सम्म झुमडा तथा टिकटक स्टारहरुको प्रतियोगिता ,अन्तर बिद्यालय नृत्य प्रतियोगिता तथा बेलुका ६ बजे देखि बिराहा सास्कृतिक कार्यक्रमका साथ राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने आयोजक समितिका संयोजक तथा ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवलले बताउनु भएको छ ।
नरैनापुर रंगशालामा हुने महोत्सवमा स्थानिय उत्पादनहरुको प्रदर्शन तथा बिक्रि ,कृषि प्रदर्शन , खाना उत्सव, माघिको अवसरमा खिचडी उत्सव तथा थारु संस्कृती झल्कने कार्यक्रम समेत हुनेछ। कार्यक्रममा प्रवेश निशुल्क हुने तथा स्टल राख्न चाहनेहरुले समेत कुनै शुल्क तिर्न नपर्ने आयोजकले बताएका छन । प्रतियोगितामा देवा थापा सहित भारत र नेपालका नामी पहलवानहरुले सहभागिता जनाउने धवलले बताए । यस संगै महोत्सवमा स्थानिय संस्कृतिको संरक्षण गर्न सान्स्कृतिक कार्यक्रम समेत हुने उहाले बताउनु भएको छ ।
बिगतमा २०७५ साल देखि हुँदै आएको महोत्सव बिचमा १ पटक कोरोनाको कारणले हुन सकेको थिएन । महोत्सवको यो चौथो सस्करण हो । महोत्सवमा कुल २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ। महोत्सब बाट बचत रकमले एम्बुलेन्स खरिदमा प्रयोग गरिने र एम्बुलेन्स खरिदमा सहयोगका लागि महोत्सव स्थलमा दान पेटिका पनि राखिने आयोजकले बताएको छ ।
प्रकाशित मिति: २०२३-०१-११ , समय : १८:२०:०८ , २ वर्ष अगाडि