कपिलवस्तुमा निःशुल्क आँखा शिविर

प्रिन्स मिश्रा , ४७४  पटक हेरिएको

कपिलवस्तु , पुस २४

कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । शिवराज नगरपालिका–१० को सहयोगमा सञ्चलित सो शिविरमा २५० जनाको आँखाको परीक्षण गराउँदा ८२ जनामा मोतियाबिन्दु फेला परेको वडा अध्यक्ष मंजू मिश्राले जानकारी दिनु भएको छ । मोतिया बिन्दुको समस्या देखिएका बिरामीको रण अम्बिका आँखा अस्पताल कृष्णनगरमा निःशुल्करुपमा शल्यक्रिया हुने बताइएको छ ।

शिविर शिवराज नगरपालिका वडा नं १० को सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन भएको लोसपाका केंद्रीय नेता रवि दत्त मिश्राले जानकारी दिनु भएको छ । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको मिश्राको भनाइ छ ।

प्रकाशित मिति: २०२३-०१-०८ , समय : ०६:५६:५७ , २ वर्ष अगाडि