रुपन्देही खबर , १९७ पटक हेरिएको
काठमाडौं , पुस २३
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ । विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसदले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिंदैछन् । त्यसअघि मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसले छलफल गर्न लागेको हो ।
कांग्रेस सभापति समेत रहेका दलका नेता शेरबहादुर देउवाले शुक्रबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
प्रकाशित मिति: २०२३-०१-०७ , समय : ०८:४५:४७ , २ वर्ष अगाडि