छाडा चौपायालाई ट्रकमा बांधेर घिसारेर लैजान नपाइने भन्दै रुपन्देही युवा सुमहका अध्यक्ष गुप्ताद्वारा बिरोध

रुपन्देही खबर , ७२१  पटक हेरिएको

भैरहवा, पुस २१

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपायालाई ट्रकमा बांधेर घिसारेपछि नगरपालिकाको आलोचना भएको छ । छाडा चौपाया व्यवस्थापन अभियान सुरु गरेको सिद्धार्थनगरले लु १ ग ३६२ नम्बरको ट्रकको पछाडी बांधेर सांढेलाई घिसार्दै गरेको तस्वीर सामाजिक संजाल फेसबुकमा सार्वजनिक भएसँगै आलोचना तथा विरोध भएको हो ।

तस्वीरमा नगरपालिकाको ट्रकको पछाडीकोप भागमा चौपाया डोरीले बांधेर घिसार्दै गरेको देखिन्छ । केही समय पहिला पनि बुद्धचोकमा गाईलाई ट्रक पछाडि बांधेर लगेको दृश्य सामाजिक संजालमा सार्वजनिक भएको थियो । छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै भैरहवाका स्थानीय युवाहरुले बुधबार सांझ नगरपालिका कार्यालय अगाडी नाराबाजी समेत गरेका थिए ।

रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताले जिउँदो गाईलाई रगताम्य गराउँदै बाँधेर ट्रकले तानेर लैजान नपाइने बताउदै घोर बिरोध गर्नु भएको छ । उहाले यसबारे नगरप्रमुखले जवाफ दिनुपर्ने बताउनु भएको छ । 

छाडा चौपाया व्यवस्थापनको नाममा चौपायालाई ट्रकको पछाडि बाँधेर घिसार्न नपाइने भन्दै उक्त कार्यमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन समेत स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति: २०२३-०१-०५ , समय : १०:१४:४६ , २ वर्ष अगाडि