सिद्धार्थनगर नगरपालिकाका विद्युतीय पोलमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न माग

रुपन्देही खबर , ३११  पटक हेरिएको

भैरहवा, पुस १८

सिद्धार्थनगर नगरपालिका क्षेत्र अन्तर्गत विद्युतीय पोलमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न माग गरिएको छ । जथाभावी अव्यवस्थित रुपमा पोलमा झुण्डिएका तारहरुका कारण दुर्घटनाको जोखिम बढेकाले व्यवस्थित गर्नुपर्ने सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताउनु भएको छ ।

विद्युतीय पोलमा केबल, इन्टरनेट, टेलिफोनका तार अव्यवस्थित रुपमा झुण्डिएका कारण धनजनको क्षति हुने सम्भावना बढेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ उहाले भन्नु भयो ’ सम्भावित दुर्घटनाबाट जोगिन अव्यवस्थित तार हटाउनुपर्ने उहाले बताउनु भएको छ

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीका प्रवेशद्वार भैरहवा शहरको सुन्दरीकरणमा समेत यसले असर गरेको वडाअध्यक्ष पोखरेलको भनाइ छ । शहरी सुन्दरता समेत कायम राख्न यस्ता अव्यवस्थित तारहरुको व्यवस्थापन गर्नुपर्ने उहाको माग छ ।

प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाएर व्यवस्थित गर्नु पर्ने भन्दै सडकमै लत्रिरहेका, बीचमा तार टुक्रिएर सडकसम्म झुण्डिएको, एउटै पोलमा धेरै तार राखिएकोले अनावश्यक तार नहटाउँदा दुर्घटनाको जोखिम बढेको उहाको भनाइ छ । सिद्धार्थनगर नगरपालिकाको आगामी कार्यपालिका बैठकमा समेत यो कुरा आफूले राख्ने उहाले जानकारी दिनु भयो । 

प्रकाशित मिति: २०२३-०१-०२ , समय : १५:०२:१४ , २ वर्ष अगाडि