रुपन्देही खबर , ३२० पटक हेरिएको
भैरहवा , पुस १६
बसन्तपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको ५ औ बार्षिक साधारणसभा एक कार्यक्रमका बिच शनिबार सम्पन्न भएको छ ।साधारणसभामा बोल्दै प्रमुख अथिति गाउपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले स्थानिय सहकारीमा लगानी गर्न अनुरोध गर्नु भएको छ। बर्तमान परिस्थितिमा सहकारीका ग्राहकहरु आफ्नै सहकारीबाट डराउनुपर्ने अवस्था रहेको र कतिपय सहकारीहरु निक्षेपकर्ताहरुको रकम फिर्ता गर्न नसकिरहेका अवस्थामा स्थानिय सहकारीमा लगानी गर्न आग्रह गर्नु भएको छ। उद्देश्य भन्दा बाहिर गइ बढी ब्याजको लोभमा सहकारीमा पैसा जम्मा गर्नेहरु अहिले नोक्सानमा परिरहेका बताउदै उनले सहकारीहरु पनि आकर्षक नारा ल्याइ ग्राहक बढाउने र गैरउत्पादन मुलक काममा लगानी गर्दा अहिलेको अवस्था आएको बताउनु भयो ।
२०७५ साल आसोज ११ गते ओमसतिया गाउपालिकाको सहकारी शाखामा दर्ता भएको बसन्तपुर साना किसान सहाकारीमा ६ सय २ जना शेयर सदस्य रहेको अध्यक्ष अनिता वाग्ले ज्ञवालीले बताउनु भएको छ । ६ सय २ जना मध्ये १८ जना मात्र पुरुष रहेको र बाकी सबै महिला शेयर सदस्य रहेको उहाले बताउनु भयो । यस्तै ५ करोड १२ लाख पूजी रहेको ज्ञवालीले जानकारी दिनु भयो ।
साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन, लेखा समितिको प्रतिवेदन प्रस्तुत र अनुमोदन, आर्थिक बर्ष २०७८।०७९को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत, छलफल र अनुमोदन, लेखापरिक्षक नियुक्ति र पारिश्रमीक तोक्ने, अनुमानीत बजेट प्रस्तुत र स्वीकृति सम्बन्धमा, शेयर लाभांश वितरण सम्बन्धमा र व्याजदर सम्बन्धमा छलफल भएको संस्थाका ब्यवस्थापक अजय कुमार पाण्डेले बताउनु भयो ।
संस्थाकी अध्यक्ष अनिता वाग्ले ज्ञवालीको अध्यक्षता, गाउपालिका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा कअध्यक्ष अखिलेश्वर शुक्ल, कोटिहवा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण अर्याल, गोर्खा एनर्जीका माधव बन्जाडे लगायतले बोल्नु भएको थियो । संस्थाका ब्यवस्थापक अजय कुमार पाण्डेको सन्चालन तथा उपाध्यक्ष हरिराम हरिजनको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२२-१२-३१ , समय : १६:०१:५६ , २ वर्ष अगाडि