मेयर पदका लागि कडा प्रतिस्पर्धामा : जावेद खां

अजय मिश्र , ७०१  पटक हेरिएको

कृष्णनगर, बैशाख २४

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको माओबादी केन्द्र पार्टी तर्फबाट मेयर पदका उम्मेदवार जावेद आलम खानले आफू मेयर पदका लागि कडा प्रतिस्पर्धामा रहेको बताउनु बताउनु भएको छ ।

मेयर पदका उम्मेदवार जावेद आलम खान चुनावी माहोल माओबादी केन्द्र तर्फ मोडिएको र आफू जनताको साथ र समर्थन पाई रहेको दाबी गर्दै कडा प्रतिस्पर्धामा रहेको बताउनु भएको छ ।

विगत लामो समयदेखि सामाजिक कार्यमा अग्रसर तथा जनताको सुख दुःखमा साथ दिदै आएका खान चुनावी दौडमा आगाडी देखिएका जनताहरू बताएका छन ।

कृष्णनगर माओबादी केन्द्र नगर अध्यक्ष समेत रहेका खानले आफू सहित उपमेयरमा पुष्पा तिवारी पनि कडा प्रतिस्पर्धामा रहेको बिश्वास ब्यक्त गर्नु भयो। नेता खानले माओबादी केन्द्र लाई बिजयी बनाउन दिनरात खटिई बिजयी बनाउने प्रतिबद्ध रहेको बताउनु भयो ।

नगर प्रमुख पदका उम्मेदवार खानले नया योजना अनुसार उम्मेदवारी दिएको भन्दै नगरबासीले खानलाई विजयी बनाउने उनका समर्थकले बताउछन ।

साथै निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा माओबादी केन्द्र लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । मेयर पदका उम्मेदवार जाबेद आलम खानले जनताले विजयी बनाए नगरपालिका को पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए lकृष्णनगर नगरपालिकाका उपप्रमुख सबनम खातुनका जेठाजु समेत रहेका जावेद खां आफू जीतने विश्वास व्यक्त गर्नु भएकाे छ ।

प्रकाशित मिति: २०२२-०५-०७ , समय : १४:४८:५८ , २ वर्ष अगाडि