रुपन्देही खबर , ३०३ पटक हेरिएको
भैरहवा, पुस ४
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिद्धार्थनगरको नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताउनु भएको छ ।
नगरपालिका कार्यालयले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्धको ३५ दिने सार्वजनिक सूचना जारी गर्दै ‘सो अवधी (३५ दिन) पश्चात पनि गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्रीवितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजारका दरले जरिवानाले लिइने जनाएको छ ।
प्रकाशित मिति: २०२२-१२-१९ , समय : २०:१४:५५ , २ वर्ष अगाडि