नवलपरासीका उखु किसानले प्रति कुईन्टल रु ५ सय २० रुपैया पाउने

पुरुषाेत्तम सुबेदी , २४४  पटक हेरिएको

नवलपरासी, पुस ४

पश्चिम नवलपरासीमा उखु किसानहरुलाई तत्कालका लागि प्रतिकुईन्टल रु ५२० रुपैया चिनी उद्योगबाट भुक्तानी पाउने भएका छन् । यस क्षेत्रबाट निर्वार्चित संघीय सांसद विनोद चौधरी र प्रदेश सांसद देवकरण प्रसाद कलवार ( सन्तु ) को पहलमा उद्योग सञ्चालनहरु भएको छलफलका आधारमा उक्त रकम दिन उद्योगहरु तयार भएका हुन् ।

सरकारले उखुको समर्थन मुल्य तोकि नसकेको अवस्थामा तत्कालका लागि चिनी उद्योगबाट प्रतिकुईन्टल रु ५२० रुपैया किसानले पाउने गरी उद्योगहरु सहमती देखिएका छन् । जस अनुसार किसानले उद्योगमा उखु बापत उक्त रकम पाउने भएपछि तत्कालका लागी किसानहरु खुसी भएका छन् ।

जे होस अघिल्लो अघिल्लो बर्ष बर्षौसम्म वाकीमा उखु दिनुपर्ने र भुक्तीनी लिन विभिन्न समस्या झेल्दै आएका किसानहरुले यस पटक समयमै यस क्षेत्रबाट निर्वार्चित जनप्रतिनिधीहरुले गरेको पहलका कारण उद्योगहरु प्रतिकुईन्टल रु ५२० रुपैया किसानलाई तत्कालै भुक्तानी दिन थालेपछि किसानहरुले राहतको महशुस गरेका छन् ।


जिल्लामा बागमति, ईन्दिरा र लुम्बिनी चिनी मिल गरि तीन वटा ठुलो चिनी मिलहरु छन । किसानहरुको समस्या प्रति सरकारले ध्यान नदिएकै कारण किसानहरु थप पिडित बन्दै जाँदा उखु खेती घटदै गएको छ । जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको थियो तर अहिले घटेर ५ हजार हेक्टर क्षेत्रफलमा सिमिति भएको छ ।

प्रकाशित मिति: २०२२-१२-१९ , समय : ०७:५९:१९ , २ वर्ष अगाडि