रुपन्देही खबर , २७० पटक हेरिएको
काठमाडौं ,पुस ४
कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा यसअघिको विजेता फ्रान्सलाई ४-२ पराजित गर्दै अर्जेन्टिनालाई विश्वच्याम्पियन बनेको छ । यससँगै लियोनल मेस्सीको आफ्नो देशलाई विश्वकप जिताउने सपना पुरा भएको छ ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको हो । यो जितसँगै अर्जेन्टिनाले तीन पटक विश्वकप जित्ने मुलुक बनेको छ ।
अत्यन्तै प्रतिस्पर्धाको बीचमा भएको रोचक खेलको पहिलो हाफमा अर्जेन्टिनाले दुई गोल गरेको थियो । दोस्रो हाफमा फ्रान्सका एम्वाप्पेले दुई गोल नै फर्काउँदै खेललाई बराबरीमा पुर्याए । त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा अर्जेन्टिनाका लागि मेस्सीले पहिलो गोल गरे । त्यसको दुई मिनेट नवित्दै एम्वाप्पेले पेनाल्टीमा गोल गरेपछि पुनः खेल बराबरीमा पुग्यो ।
त्यसपछि भएको पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्सलाई ४-२ले पराजित गरेको हो । मेस्सीका लागि आफ्नो अन्तिम विश्वकप पनि सुखद बनेको छ ।
प्रकाशित मिति: २०२२-१२-१९ , समय : ०६:३८:४२ , २ वर्ष अगाडि