मेघराज राय , ४७५ पटक हेरिएको
पर्सा , पुस ०३
पूर्व गा.वि.स. उपाध्यक्षको निधनमा पर्साको ठोरी गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ ।
२०४९ सालको पहिलो स्थानीय निर्वाचनमा साविक निर्मलबस्ती गा.बि.स. बाट उपाध्यक्षमा निर्वाचित भएका नर्भु लामाको निधन भएपछि गाउँपालिकाले आज आइतवार सार्वजनिक विदा दिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णलाल श्रेष्ठले शुक्रवार एक सूचना जारी गर्दै ३ गते आइतवार गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालय र विद्यालयहरु बन्द हुने जानकारी गराउनु भएको हो ।स्वर्गीय लामाको चिर शान्तीको कामना गर्दै उहाको सम्मान र स्मृतिमा गाउँपालिकाको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: २०२२-१२-१८ , समय : ०८:०५:२७ , २ वर्ष अगाडि