कान्दु वैश्य सेवा समिती सिद्धार्थनगर रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

नवनिर्वाचित पदाधिकारीहरुलाई उदाहरणीय कार्य गर्न आग्रह

उर्मिला यादव यात्री , ४७८  पटक हेरिएको

भैरहवा, पुष ३

कान्दु वैश्य सेवा समिती रुपन्देही एवम कान्दु वैश्य युवा समिती रुपन्देही सिद्धार्थनगर भैरहवाको पदस्थापन समारोह शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कान्दु वैश्य युवा समिती रुपन्देहीका निवर्तमान अध्यक्ष गौतम गुप्ताको अध्यक्षता तथा कान्दु वैश्य सेवा समिती लुम्बिनी प्रदेशका अध्यक्ष आनन्द प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा पदस्थापन समारोह सम्पन्न भएको हो ।


कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी कान्दु वैश्य सेवा समिती लुम्बिनी प्रदेशका अध्यक्ष गुप्ताले नवनिर्वाचित पदाधिकारीहरुलाई आफनो कार्यकालमा उदाहरणीय कार्य गरेर देखाउन आग्रह गर्नु भएको छ । उहाले समितीको सपनालाई साकार बनाउदै आगामी कार्ययोजनाको साथ अघि बढन सुझाव समेत दिनु भएको छ । उहाले कान्दु सेवा समितीको धरोहरको रुपमा रहेको धर्मशालालाई कसैले परिवर्तन गर्न नमिल्ने र यसो गरेमा आफुले यस्तो हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । गुप्ताले धर्मशाला कान्दु समाजको महत्वपुर्ण सम्पत्ति रहेकोले यसलाई कसैको ब्यक्तिगत स्वार्थको लागी कमाइ खाने भाडो बनाउन नदिने जिकिर गर्नु भयो ।

यस्तै गरी कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले कान्दु वैश्य सेवा समितीको बिकास र संरक्षणको लागी प्रदेशबाट बजेट छुटयाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
पदस्थापन समारोहमा समितीका अध्यक्षले नवनिर्वाचित अध्यक्षहरुलाई सपथ ग्रहण गराउनु भएको थियो भने नवनिर्वाचित अध्यक्षहरुले आफना कार्यसमिती सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको थियो ।

पदस्थापन समारोहमा कान्दु वैश्य युवा समितीका सदस्य अनुराग बनियाको स्वागत मन्तब्य रहेको कार्यक्रममा कान्दु वैश्य सेवा समितीका मदनलाल कान्दु, कार्यसमिती सदस्य धनपत प्रसाद गुप्ता, कान्दु वैश्य सेवा समिती नवलपरासीका जिल्ला अध्यक्ष हेमन्त कान्दु , कान्दु वैश्य सेवा समिती रुपन्देहीका निबर्तमान अध्यक्ष श्रीराम गुप्ता लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । यस्तै गरी कान्दु वैश्य युवा समिती रुपन्देहीका सदस्य दुर्गा प्रसाद कान्दुले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

यहि मंसिर २४ गते भएको अधिबेशनबाट कान्दु वैश्य सेवा समिती रुपन्देहीको अध्यक्षमा मदनलाल कान्दु, वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश कान्दु , उपाध्यक्षमा बेचन प्रसाद गुप्ता , महासचिवमा गौतम कुमार गुप्ता, सचिवमा विशाल गुप्ता ,सहसचिवमा लक्ष्मण गुप्ता , कोषाध्यक्षमा मनोज कुमार बनिया निर्वाचित हुनु भएको थियो । यस्तै गरि सदस्यहरुमा शिव कुमार कान्दु, शुभम् बनिया , शिवनारायण गुप्ता , गुडु कान्दु , नर्देश प्रभाकर कान्दु र सरिता बनिया निर्वाचित हुनु भएको थियो ।


यस्तै गरी कान्दु वैश्य युवा समितीको अध्यक्षमा मनोज कुमार कान्दु बनिया, बरिष्ठ उपाध्यक्षमा पिन्टु कुमार बनिया, उपाध्यक्षमा कनकलता गुप्ता, महासचिवमा दुर्गा प्रसाद कान्दु , सचिवमा मनोज कुमार बनिया, सहसचिवमा दिलिप कुमार बनिया , कोषाध्यक्षमा आकाश कान्दु , सहकोषाध्यक्षमा श्रवण कान्दु निर्वाचित हुनु भएको थियो भने सदस्यहरुमा आनन्द कान्दु , अजय गुप्ता, हृदेश बनिया , शुभम बनिया, रबि कान्दु , अनुराग गुप्ता बनिया, र आदित्य कान्दु लगायत निवार्चित हुनु भएको थियो ।

प्रकाशित मिति: २०२२-१२-१८ , समय : ००:५८:१९ , २ वर्ष अगाडि