कृषि विमा सम्बन्धी जनचेतना तथा अन्तर्कृया कार्यक्रम बर्दघाटमा सम्पन्न,

रामु भुसाल , ६३४  पटक हेरिएको

बर्दघाट, बैशाख २३

नेको इन्स्युरेन्स कम्पनी लिमिटेड बर्दघाट उपशाखाको आयोजना तथा जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको सहकार्यमा शुक्रबार एक दिने कृषि विमा सम्बन्धी जनचेतना तथा अन्तर्कृया कार्यक्रम बर्दघाट १२ भटवलियामा सम्पन्न भएको छ । नेको ईन्स्युरेन्सका सहायक महाप्रबन्धक एवंम क्षेत्रिय प्रबन्धक रमेश बहादुर थापाको अध्यक्षता तथा एवं बर्दघाट नगरपालिकाका कार्यबाहक नगर प्रमुख माया देवी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यबाहक नगर प्रमुख पौडेलले नेको इन्स्युरेन्सले गर्दै आएको कृषी विमा र पशु विमा सम्बन्धी सचेतनामुलक कार्य बारे जानकारी गराउनु भएको थियो भने सोही अवसरमा विमाका प्रकृया, भुक्तानी दावी लगायतका बारेमा नेको ईन्स्युरेन्सका क्षेत्रिय प्रबन्धक रमेश बहादुर थापाले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा कृषी सञ्जाल बर्दघाट नगरपालिकाका सदस्य धर्मागत पाण्डे, बर्दघाट नगरपालिका पशुपंक्षि तथा मत्स्य विकास शाखा प्रमुख भरत लम्साल, जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष सुरज केसी, वडा नम्बर १२ का कार्यवाहक वडाध्यक्ष गजेन्द्र बहादुर गिरी लगाएतले मन्तब्य राख्नुभएको थियो ।

बर्दघाट १२ र १३ का कृषक तथा पशुपालनकर्ता, पुस्तकालयका पदाधिकारी, संघ सस्थाका प्रतिनिधि, जनप्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नेको ईन्स्युरेन्सका बर्दघाट उपशाखा प्रमुख मनोज कुमार क्षेत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-०५-०६ , समय : १९:०४:१४ , ३ वर्ष अगाडि