रुपन्देही खबर , २५२ पटक हेरिएको
कृष्णनगर, मंसिर २५
कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिबार सम्पन भएको छ। कृष्णनगर नगरपालिकाको आयोजना तथा आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल, सुआहारा लगायत संघ संस्थाको सहकार्यमा समापन भएको हो । १६ दिने अभियानलाई कृष्णनगरको लिंकगेटमा एक कार्यक्रमका बिच समापन गरिएको हो ।
कार्यक्रम कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको अध्यक्षता तथा भन्सार कार्यालय कृष्णनगरका अधिकृत ठाकुर गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भन्सार कार्यालय कृष्णनगरका अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि ठाकुर गौतमले लैङ्गिकताको आधारमा कोहि कसैले विभेद गर्न नहुने र हिंसा घरबाट नै अन्त्य गर्नु पर्छ बताउनु भयो । लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिदै अपराध गर्नेले उन्मुक्ति पाउन नहुने बताउनु भएको छ ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय कृष्णनगरका वरिष्ठ प्रहरी नायब निरिक्षक दामोदर डागी, अस्थायी चेक पोष्ट लिंकगेटका वरिष्ठ प्रहरी नायब निरिक्षक शिव ओली, कविराज नागेश्वर मिश्र लगायत ब्यक्तिहरुले लैङ्गिक हिंसा विरुद्ध मन्तब्य राख्नु भएको थियो
सशस्त्र प्रहरीका सालिकराम, कार्यपालिका सदस्य ज्योति कोरी, विकाश श्रीवास्तव, पंकज गुप्ता लगायत समाजसेवी, पत्रकार, लगायत अन्यको सहभागिता रहेको थियो। कार्यक्रम संचालन कृष्णनगर नगरपालिका महिला शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२२-१२-११ , समय : ०७:०६:१३ , २ वर्ष अगाडि