परासीमा लोकसेवा तयारी कक्षा संचालन

रुपन्देही खबर , ३०३  पटक हेरिएको

परासी, मंसिर १५

लोकसेवा आयोगको तयारी गराउन परासीमा लोकसेवा तयारी कक्षा संचालनमा आएको छ । परासी एजुकेशन सेन्टर प्रा.लि.को आयोजना तथा रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा लोकसेवा आयोगको तयारीका लागि कक्षा संचालन गरिएको छ । रामग्राम नगरपालिका बाइपास राेड रावणखण्डा नजिक रहेको परासी एजुकेशन सेन्टरले संचालन गरेको तयारी कक्षामा कुल ५५ जना विद्यार्थीहरु अध्ययनर रहेका छन् ।

३ महिना सम्म संचालन रहने उक्त लोकसेवाको तयारी कक्षामा खरिदार र सुब्बाका लागि तयारी गराइदै आइएको सेन्टरका संचालक लक्ष्मण यादवले जानकारी दिनु भयो । संचालक यादवका अनुसार लोकसेवाको तयारी गराउन विभिन्न अनुभवि तथा आयोगबाटै राम्रो नतिजा ल्याई नाम निकाल्न सफल अनुभवि कर्मचारी, शिक्षकहरुबाट पठनपाठन गराइदै आइएको बताउनु भयो ।

रामग्राम नगरपालिकाले आफनो नगरक्षेत्र भित्रका युवायुवतीहरुलाई दक्षजनशक्ति बनानउ र प्रोत्साहन गर्न लोकसेवा, शिक्षक सेवा, शिपमुलक तालिम, जस्ता कार्य गर्दै आएको छ । यस लोकसेवाको कक्षा समय समाप्त भएपछि पालिकाले शिक्षक सेवा आयोगको समेत तयारी कक्षा संचालन गरिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-०१ , समय : ११:३९:१५ , २ वर्ष अगाडि